मंगलवार, असार ३०,२०८३ 08:56:22
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 08:56:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यातायात व्यवस्था विभागको सर्भरमा समस्या, लाइसेन्सलगायतका काम प्रभावित

Laxmi Sunrise Bank Limited
यातायात व्यवस्था विभागको सर्भरमा समस्या, लाइसेन्सलगायतका काम प्रभावित

काठमाण्डौ । यातायात व्यवस्था विभागको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम (ईडीएलभीआरएस)को सर्भरमा समस्या देखिएको छ । आइतबार बिहान ११ बजेदेखि सर्भरमा समस्या देखिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका देशभरिका यातायात कार्यालयहरू प्रभावित हुन पुगेका छन् ।  

अहिले सर्भरमा आएको समस्यालाई पहिचान गर्ने काम भईरहेको  विभागले जनाएको छ । विभागका अनुसार अन्य मन्त्रालय तथा विभागहरूमा जस्तै इन्टरनेटको समस्याका कारण यातायात कार्यालयहरूमा समेत प्रभावित हुन पुगेको छ ।

New Office
CG Motors
Garima Development Bank

यो समस्याका  कारण विशेषगरी बायोमेट्रिक लिने, भुक्तानी गरी रसिद लिने, सवारी जाँचपास, दर्ता तथा नवीकरणका सेवाग्राहीहरु मर्कामा परेका छन् ।  

प्राविधिक समस्याका कारण विभिन्न यातायात कार्यालयहरूले आगामी बिहीबारसम्मका लागि सेवा स्थगित गरिएको सूचना निकाल्न थालेका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.