काठमाण्डौ। यातायात व्यवस्था विभागले हालसम्म करिब साढे ३६ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ। सरकारले २०७० साल असोजमा भारतको मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स छाप्ने सम्झौता गरेको थियो।
मद्रास सेक्युरिटीले नै नेपाली लाइसेन्सको अनलाइनदेखि प्रिन्टिङसम्मको सबै प्रणाली उपलब्ध गराएको छ। सवारी दर्ता प्रणाली पनि उसकै छ।
हालसम्म ३६ लाख ५३ हजार ८०० भन्दा बढी स्मार्ट लाइसेन्स कार्ड छापिएको विभागले जनाएको छ। यस्तै,अझै करिब १६ लाख लाइसेन्स छाप्न बाँकी रहेको विभागको भनाइ छ।
दैनिक चार हजार नयाँ लाइसेन्सको माग थपिँदै गएको उनले हाल विभागसँग छाप्न बाँकी करिब १२ लाख कार्ड उपलब्ध रहेको छ।
वैदेशिक रोजगारी, अध्ययनमा जाने विद्यार्थी र एनआरएनए एवं ‘पिस किपिङ मिसन’मा जानेका लागि दैनिक करिब ३०० सम्म ‘अर्जेन्ट प्रिन्ट’को व्यवस्था विभागले गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।