शुक्रबार, श्रावण १,२०८३ 04:28:17
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 04:28:17
Bizshala
Global IME Bank Limited

नेपाल लाइफको ऐतिहासिक उपलब्धि, प्रथम बीमाशुल्क १३ अर्ब नाघ्यो

नेपाल लाइफको ऐतिहासिक उपलब्धि, प्रथम बीमाशुल्क १३ अर्ब नाघ्यो
New Office

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सको नयाँ व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । २५ वर्षको गौरवमय यात्रामा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले जीवन बीमा उद्योगमा पहिलो पटक अर्को ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दै कायम गरेको ऐतिहासिक उपलब्धिलाई यस वर्ष अझ उचाइमा पु¥याउन सफल भएको हो ।

यस ऐतिहासिक सफलताका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई निरन्तर मार्गदर्शन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, नेपाल लाइफप्रति अटल विश्वास राखी जीवन बीमा गरेका सम्पूर्ण बीमितहरू, कम्पनीको मेरुदण्डका रूपमा रहेका समर्पित बीमा अभिकर्ताहरू, कर्मचारीहरू, सेयरधनीहरू, नियामक निकायहरू तथा यस उपलब्धिलाई सम्भव बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।  

२५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै आएको यस कम्पनीले प्राप्त गरेको यो ऐतिहासिक उपलब्धिले नेपालको जीवन बीमा उद्योगमा नयाँ मानक स्थापित गरेको छ ।  

कम्पनीले आगामी दिनमा अझ थप प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा, नवीन बीमा योजनाहरू, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीले २५ वर्षको विश्वास, १३ अर्बको ऐतिहासिक उपलब्धिलाई सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सरोकारवालाहरूको साझा सफलताका रूपमा ग्रहण गर्दै आगामी दिनमा पनि नेपाली जीवन बीमा क्षेत्रको अग्रणी संस्थाका रूपमा ऐतिहासिक उपलब्धिहरूको निरन्तरता कायम गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.