मंगलवार, श्रावण ५,२०८३ 08:59:13
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 08:59:13
Bizshala
Global IME Bank Limited

वैदेशिक रोजगार विभागमा अनलाइन उजुरी प्रणाली सुरु, अब फाइल बोकेर धाउन नपर्ने

वैदेशिक रोजगार विभागमा अनलाइन उजुरी प्रणाली सुरु, अब फाइल बोकेर धाउन नपर्ने
New Office

 

काठमाण्डौ ।  वैदेशिक रोजगार विभागले गुनासो तथा उजुरी व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ। नयाँ प्रणालीसँगै सेवाग्राहीले उजुरी दर्ता गर्न विभागसम्म फाइल बोकेर धाउनुपर्ने बाध्यता हट्ने भएको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मंगलबार विभागको निरीक्षण तथा अनुगमनका क्रममा उक्त प्रणालीको शुभारम्भ गरेका हुन्।

प्रणाली उद्घाटन गर्दै मन्त्री यादवले अब वैदेशिक रोजगारसम्बन्धी गुनासो र उजुरी अनलाइनबाटै दर्ता गर्न सकिने बताए। अनलाइनमार्फत प्राप्त उजुरीको तत्काल सुनुवाइ र समाधान गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ।

“अब सबै काम अनलाइन हुन्छ। अनलाइनबाटै उजुरी दर्ता हुन्छ र गुनासोको तत्काल समाधान हुन्छ। सेवाग्राहीले फाइल बोकेर हिँड्नुपर्दैन,” मन्त्री यादवले भने।

नयाँ प्रणालीले उजुरी व्यवस्थापनलाई छिटो, व्यवस्थित र पारदर्शी बनाउनुका साथै सेवाग्राहीको समय र खर्चसमेत बचत हुने विभागले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.