मलेसिया प्रकरणमा २५ म्यानपावरमाथि विभागको कडाइ, ५ वर्षको कारोबार विवरण माग
काठमाण्डौ । वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा मुख्य कम्पनीका रूपमा सूचीकृत २५ म्यानपावर कम्पनीसँग पछिल्ला पाँच आर्थिक वर्षको सम्पूर्ण व्यावसायिक तथा वित्तीय विवरण माग गरेको छ।मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा २५ म्यानपावरलाई मुख्य कम्पनी र अन्य २५० कम्पनीलाई सबएजेन्टका रूपमा राखिएको विषय...

