आईतवार, बैशाख ७,२०८२ 03:32:35
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 03:32:35
IME remit
Global IME Bank Limited

अब वैदेशिक रोजगारीमा जान काठमाण्डौ आउनु नपर्ने, गौतमबुद्ध र पोखरा विमानस्थलबाट सबै सेवा दिने निर्णय

Hyundai Nepal
अब वैदेशिक रोजगारीमा जान काठमाण्डौ आउनु नपर्ने, गौतमबुद्ध  र पोखरा विमानस्थलबाट सबै सेवा दिने निर्णय
Nabil Bank Limited

काठमाण्डौ। वैदेशिक रोजगारीमा जानको लागि अब काठमाण्डौ नै आउन नपर्ने भएको छ। सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जानेलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट उपलब्ध गराउने निर्णय गरेको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मंगलबार सरोकारवाला संघसंस्था र कार्यालयहरूका प्रतिनिधिहरूसहित बसेको बैठकले उक्त निर्णय गरेको जनाइएको छ। ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट नै उपलब्ध गराउने,’ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। 

Shivam Cement
Bizshala
CG Motors

हाल प्रदान गरी रहेको सेवा र सम्पादन गरी रहेका कामहरू भैरहवा र पोखराबाट गर्ने गरी आवश्यक व्यवस्था सबै संघसंस्थाहरूले मिलाउने निर्णय बैठकले गरेको छ। 

‘सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाहरूको सम्बन्धमा सम्बन्धित कार्यालयहरूले व्यवस्था मिलाउने,’ निर्णयमा भनिएको छ, ’श्रम स्वीकृति लगायतका सेवालाई सरल र सहज बनाउन वैदेशिक रोजगार विभागले आवश्यक व्यवस्था मिलाउने।’ यसैबीच भिसा सेन्टरको स्थापनाको लागि परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने समेत जनाइएको छ। 

ऐन, नियम, कार्यविधिमा केही संशोधन वा निर्णय गर्नुपर्ने भएमा मन्त्रालयले अध्ययन गरी निर्णय गर्ने प्रकाशित सूचनामा भनिएक छ। श्रम मन्त्रालयअन्तर्गतका सेवाहरूलाई क्रमशः प्रदेशस्तरमा लैजान आवश्यक तयारी मिलाउने समेत निर्णय भएको मन्त्रालयले जनाएको छ। 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.