मंगलवार, कार्तिक १०,२०८३ 02:48:23
  • मंगलवार, कार्तिक १०,२०८३ 02:48:23
Global IME Bank Limited

एकै महिनामा ७३ हजार नेपाली विदेशिने लाइनमा, एकतिहाइको रोजाइ युएई

Bizshala
एकै महिनामा ७३ हजार नेपाली विदेशिने लाइनमा, एकतिहाइको रोजाइ युएई
New Office

 

काठमाण्डौ । रोजगारीका लागि विदेशिने नेपालीको संख्या अझै उच्च देखिएको छ। वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा मात्रै ७३ हजार ७६५ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।

विभागको तथ्याङ्कअनुसार श्रम स्वीकृति लिनेमा ६३ हजार ३७७ पुरुष र १० हजार ३८८ महिला छन्। कुल संख्यामा पुरुषको हिस्सा करिब ८५.९ प्रतिशत र महिलाको १४.१ प्रतिशत छ।

पहिलोपटक वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिनेको संख्या ४३ हजार ५५९ रहेको छ। त्यस्तै, पुरानै गन्तव्यमा फर्किन पुनः श्रम स्वीकृति लिनेको संख्या ३० हजार २०६ रहेको छ।

युएईमा सबैभन्दा ठूलो आकर्षण

नेपाली श्रमिकको प्रमुख गन्तव्यमा खाडी मुलुककै वर्चस्व कायम छ। असोजमा मात्रै १०६ भन्दा बढी देशका लागि नेपालीले श्रम स्वीकृति लिएका छन्।

सबैभन्दा धेरै युएईका लागि २३ हजार ८९९ जनाले श्रम स्वीकृति पाएका छन्। यो कुल श्रम स्वीकृतिको करिब ३२.४ प्रतिशत हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यसपछि कतारका लागि ११ हजार ४९७, मलेसियाका लागि ९ हजार ६५३, साउदी अरेबियाका लागि ८ हजार ३६६ र कुवेतका लागि ५ हजार २७ जनाले श्रम स्वीकृति लिएका छन्।

युरोपेली गन्तव्यमा रोमानिया अगाडि देखिएको छ। रोमानियाका लागि २ हजार ४७८ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै जापानमा १ हजार ४९५, टर्कीमा १ हजार १०३, दक्षिण कोरियामा १ हजार ४१ र ओमानमा १ हजार ३१ जना गएका छन्।

महिला श्रमिकको उपस्थिति युएई, कुवेत र कतारसँगै साइप्रसमा पनि उल्लेख्य देखिएको छ। साइप्रस जाने ९४५ जनामध्ये ७४९ जना महिला छन्।

५५ प्रतिशतभन्दा बढी दक्ष, तर २७ प्रतिशत अझै अदक्ष

सीपगत विवरणअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये ४० हजार ७०० जना दक्ष श्रमिक छन्, जुन कुल संख्याको ५५.१७ प्रतिशत हो।

त्यस्तै, २० हजार २२८ जना अदक्ष र १२ हजार ३४२ जना अर्धदक्ष श्रमिक विदेश गएका छन्। व्यावसायिक श्रेणीमा ४१५ र उच्च दक्ष श्रेणीमा ८० जना छन्।

सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिने नीति लिएको भए पनि अझै पनि कुल श्रमिकको २७ प्रतिशतभन्दा बढी अदक्ष रूपमा विदेशिएको तथ्याङ्कले देखाउँछ।

Garima Development Bank
Bizshala
IME remit

झापाबाट सबैभन्दा धेरै

जिल्लागत रूपमा झापाबाट सबैभन्दा धेरै ३ हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन्। समग्र तथ्याङ्कले मधेस र पूर्वी नेपालका जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको चाप अझै उच्च रहेको संकेत गर्छ।

एकै महिनामा ७३ हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति लिनुले मुलुकभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसकेको र वैदेशिक रोजगार अझै पनि ठूलो संख्याका नेपालीको प्रमुख आयआर्जनको विकल्प बनेको देखाउँछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.