मंगलवार, श्रावण ५,२०८३ 10:23:25
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:23:25
Bizshala
Global IME Bank Limited

नागढुंगा सुरुङमार्गमा नगद नचल्ने, ‘एन–ट्याग’बाटै टोल भुक्तानी

नागढुंगा सुरुङमार्गमा नगद नचल्ने, ‘एन–ट्याग’बाटै टोल भुक्तानी
New Office

 

काठमाण्डौ ।  नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले सडक दस्तुर नगदमा तिर्न नपाउने भएका छन्। सरकारले डिजिटल ‘एन–ट्याग’ कार्ड, आरएफआईडी स्टिकर र क्यूआर कोडमार्फत मात्रै शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाएको हो।

सडक बोर्ड नेपालका अनुसार नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने सार्वजनिक, मालवाहक तथा पर्यटक सवारीमा एन–ट्याग कार्ड र आरएफआईडी स्टिकर अनिवार्य हुनेछ। कहिलेकाहीँ यात्रा गर्ने तथा विदेशी पर्यटकका सवारीले भने क्यूआर कोड स्क्यान गरी शुल्क तिर्न सक्नेछन्।

 

आरएफआईडी स्टिकर सवारीको अगाडिको सिसामा टाँसिनेछ। टोलगेटमा जडित प्रणालीले स्टिकर स्क्यान गरी एन–ट्यागबाट शुल्क काटेपछि गेट स्वतः खुल्नेछ।

डिजिटल भुक्तानीका लागि सडक बोर्डले ग्लोबल आइएमई, नबिल, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा र सानिमा बैंकसँग सम्झौता गरेको छ। करिब तीन लाख कार्ड तयारी अवस्थामा रहेको जनाइएको छ।

सवारीधनीले सडक बोर्डको वेबसाइटमा विवरण भरी प्राप्त सबमिसन नम्बर, ब्लुबुक र नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित तोकिएको बैंकबाट आरएफआईडी स्टिकर लिन सक्नेछन्। एन–ट्याग कार्ड एक हजार, दुई हजार र पाँच हजार रुपैयाँमा खरिद तथा पुनः रिचार्ज गर्न सकिनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.