आईतवार, श्रावण १०,२०८३ 11:13:02
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 11:13:02
Bizshala
Global IME Bank Limited

डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीमा, सहमतिमार्फत अनशन टुंग्याउने प्रयास

डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीमा, सहमतिमार्फत अनशन टुंग्याउने प्रयास
New Office

काठमाण्डौ । सत्याग्रहमा रहेका डा. गोविन्द केसीसँग वार्ता गरी अनशनको सहमतिपूर्ण निकास निकाल्न सरकारले उच्चस्तरीय पहल अघि बढाएको छ। वार्ता टोलीलाई थप सशक्त बनाउँदै प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार धनगढी पुगेका छन्।

दुवै जना बुद्ध एयरको विमानमार्फत धनगढी पुगेका हुन्। यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै धनगढी पुगिसकेका छन्। शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनपछि उनलाई वार्ताको वातावरण बनाउन त्यहाँ पठाइएको जनाइएको छ ।

शिक्षामन्त्रीले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए। त्यसपछि संवादमार्फत समाधान खोज्ने उद्देश्यले सरकारी टोली परिचालन गरिएको हो।

धनगढी पुगेको टोलीले आइतबार नै डा. केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। सरकारले संवादमार्फत सहमति जुटाई जारी सत्याग्रहको निकास निकाल्ने प्रयास गरिरहेको जनाएको छ।

यसैबीच, स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि डा। केसीलाई चिकित्सकको सल्लाहअनुसार शनिबारदेखि सेती प्रादेशिक अस्पतालमा राखेर स्वास्थ्य निगरानीमा उपचार गरिँदै आएको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.