सोमबार, भाद्र ८,२०८३ 06:41:23
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 06:41:23
Bizshala
Global IME Bank Limited

काठमाण्डौमा मोरक्कन संस्कृति र पर्यटनको प्रदर्शनी हुने, प्रवेश निःशुल्क

काठमाण्डौमा मोरक्कन संस्कृति र पर्यटनको प्रदर्शनी हुने, प्रवेश निःशुल्क
New Office

काठमाण्डौ । मोरक्कोको राष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा विशेष प्रदर्शनी आयोजना हुने भएको छ । मोरक्कोको समृद्ध सांस्कृतिक सम्पदा, इतिहास तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गर्न लागिएको हो ।

नेपालका लागि मोरक्को अधिराज्यको वाणिज्य दूतावासको आयोजनामा अगस्ट २ (आइतबार) ललितपुरको द प्लाजामा प्रदर्शनी आयोजना गर्न लागिएको हो । प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा अवलोकनका लागि प्रवेश शुल्क लाग्नेछैन ।

Bizshala
CG Motors

प्रदर्शनीमा मोरक्कन परिकार, सांगीतिक प्रस्तुति, परम्परागत माटोका सामग्री (पोटरी), मोरक्कन शैलीको सजावट, पर्यटनसम्बन्धी जानकारी तथा ट्राभल डेस्क रहनेछन् ।

मोरक्कोको संस्कृति, कला र पर्यटनलाई नेपालीमाझ परिचित गराउन र दुई देशबीचको सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई सुदृढ बनाउन कार्यक्रमको आयोजना गरिएको मोरक्कोका लागि अवैतनिक महावाणिज्यदूत मेघा चौधरीले जानकारी दिए ।

उनले राष्ट्रिय दिवसको अवसरमा नेपाल र मोरक्कोबीचको आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन यो प्रदर्शनी महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे ।

‘यो प्रदर्शनी मोरक्कोको कला, संस्कृति र पर्यटनलाई नेपालीमाझ परिचित गराउने थलो मात्र नभएर नेपाल र मोरक्कोबीचको द्विपक्षीय सम्बन्ध, सहकार्य, व्यापार तथा पर्यटकीय आदानप्रदानलाई थप मजबुत बनाउनेछ भन्ने विश्वास लिएको छु,’ महावाणिज्यदूत मेघा चौधरीले भने । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.