आईतवार, श्रावण १७,२०८३ 12:27:23
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 12:27:23
Bizshala
Global IME Bank Limited

प्रहरीले सिक्री लुटेर भाग्दै गरेका युवकलाई गोली हानेर समात्यो

प्रहरीले सिक्री लुटेर भाग्दै गरेका युवकलाई गोली हानेर समात्यो
New Office

काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा सिक्री लुटपाट गरी भाग्दै गरेका एक युवकलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली प्रहार गरेको छ। घटनामा कर्मा तामाङ घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार गएराति करिब १० बजेर २५ मिनेटमा सिक्री लुटेर भाग्दै गरेको अवस्थामा तामाङलाई पक्राउ गर्न प्रहरी टोली पुगेको थियो। नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको जनाएको छ।

प्रहरीका अनुसार सुरुमा हवाई फायर गरी उनलाई नियन्त्रणमा लिने प्रयास गरिएको थियो। तर तामाङले आक्रमण गर्न खोजेपछि प्रहरीले तीन राउन्ड गोली चलाएको थियो। गोली उनको घुँडामुनिको भागमा लागेको प्रहरीले जनाएको छ।

घाइते तामाङलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। उनको अवस्था र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा प्रयोग भएको भनिएको हतियार तथा लुटपाटसम्बन्धी विवरण संकलन गरिरहेको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.