सोमबार, श्रावण १८,२०८३ 10:01:17
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:01:17
Bizshala
Global IME Bank Limited

हिमालयन लघुवित्तको नाफा ४९% ले बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?

हिमालयन लघुवित्तको नाफा ४९% ले बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
New Office

काठमाण्डौ । हिमालयन लघुवित्तको खुद ब्याज आम्दानीमा सुधार आएसँगै नाफामा बढोत्तरी आएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ४४ करोड २१ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९.२२ प्रतिशतले बढी हो ।

यस्तै अघिल्लो आवमा ७ करोड १४ लाख रुपैयाँ रहेको संस्थाको खुद नाफा बढेर १० करोड ६६ लाख रुपैयाँ पुगेको छ । यसरी संस्थाको नाफा ४९.१८ प्रतिशतले बढेको छ । ३४ करोड १० लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिटेन्ड अर्निङ ९ करोड २५ लाख र रिजर्भमा १५ करोड ३६ लाख रहेको छ ।

यो अवधिमा संस्थाको वितरणयोग्य मुनाफा ९ करोड २५ लाख रहेको छ भने लाभांश क्षमता २७.१३ प्रतिशत पुगेको छ । यद्यपी संस्थाको खराब कर्जा अनुपात भने ७.४८ प्रतिशतबाट बढेर ९.०४ प्रतिशत पुगेको छ ।

यो अवधिसम्म संस्थाको कस्ट अफ फण्ड ५.५५ प्रतिशत, बेस रेट ११.७० प्रतिशत, सिडी रेसियो ९३.९८ र पूँजी प्रयाप्तता कोष ११.१८ प्रतिशत रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ३१.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६२.५२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ८०२.१८ रुपैयाँ र तरलता अनुपात २०.४३ प्रतिशत कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.