–रविन ठकुरी
काठमाण्डौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले १ करोड रुपैयाँ माथिका गाडीलाई ‘विलासी’ को श्रेणीमा राखेसँगै यसको कर दरमा कुनै हेरफेर नहुने बताउँदै आएका छन् । तर ५० लाख रुपैयाँ मुनिका गाडीहरु नागरिकको आवश्यकतामा पर्ने जिकिर गर्दै आएका छन् ।
अर्थमन्त्री वाग्लेले ५० लाख रुपैयाँ मुनिका गाडीलाई ‘सब्सिडाइज’ गरेका छौं भनेका छन् । यसले ५० लाख रुपैयाँ मुनिको गाडीको मूल्य थप घट्ने बताउँदै आएका हुन् । तर अटो बजारमा उनको भनाई विपरित परिदृश्य श्रृजना भइरहेका छन् । ५० लाख रुपैयाँ मुनिका गाडीको मूल्यमा कम आउन सकेको छैन ।
बरु ती गाडीको मूल्य बजेट अघि र अहिले उस्तै छन् भने केहि ब्राण्डको गाडीको मूल्य थप बढेर आएका छन् । अर्थमन्त्री स्वर्णीम वाग्लेको भनाई अनुसार अटो बजारमा ५० लाख रुपैयाँ मुनिका गाडीको मूल्य घट्न पर्ने थियो । तर ती गाडीको मूल्यमा खासै कमी आएको छैन ।
करले घटाएन विवाइडीको मूल्य, विनिमय दरले बढायो थप मूल्य
नेपालका लागि विवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इन्क प्रा।लि।हो । विवाइडीसँग ५० लाख रुपैयाँ मुनिका एट्टो–१ डाइनामिक, एट्टो–१ प्रिमियम र एट्टो–२ उपलब्ध छन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेटपछि ९अहिले० विवाइडी एट्टो–१ डाइनामिकको बजार मूल्य २९ लाख ७५ हजार रहेको छ । यसै कम्पनीको विवाइडी एट्टो–१ प्रिमियमको मूल्य ३३ लाख ८० हजार र एट्टो–२ को मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट अघि विवाइडी एट्टो–१ डाइनामिकको मूल्य २८ लाख ९९ हजार, एट्टो–१ प्रिमियमको ३२ लाख ९९ हजार, एट्टो–२ को ४५ लाख ९५ हजार रुपैयाँ थियो ।
‘विवाइडी गाडीको मूल्य पहिलेभन्दा अहिले बढेको छ । एट्टो–१ डाइनामिकको मूल्य ७६ हजार, एट्टो–१ प्रिमियमको ८१ हजार र एट्टो–२ को ३ लाख ४ हजार रुपैयाँले बढेको छ ।’, काठमाण्डौको नक्सालस्थित विवाइडी सोरुमका सिनियर अफिसर नविन थापाले भने ।
विवाइडी गाडी चीनमा निर्मित विद्युतीय सवारीसाधन (इभी) हो । यसलाई चीनियाँ मुद्रामा खरिद गरि नेपाल ल्याइन्छ । खरिद गर्दा त्यही समयको चीनियाँ मुद्राको विनिमय दरमा गरिन्छ ।

‘हाल चीनियाँ मुद्राको विनिमय दर बढेको छ । विनिमय दर बढ्दा विवाइडी गाडीको मूल्यमा थप बृद्धि आएको हो । हाल विवाइडीको मूल्य विनिमयदरले बढाइदिएको हो ।’, उनले भने ।
‘सरकारको नयाँ कर नीतिको प्रभाव शून्य छ । पहिलेको तुलनामा अहिले विवाइडी गाडीको मूल्यमा कमी आएको छैन । अहिले चाइनिज करेन्सीको एक्सचेन्ज रेटको असर मात्रै हो । विवाइडीको मूल्यमा खासै फरक छैन ।’, उनले भने ।
विवाइडीको डल्फिनको ४१ लाख १५ हजार, विवाइडी एम–६ को ५८ लाख ९० हजार, एट्टो–३ ९एड्भान्स० को ६१ लाख ९९ हजार, एट्टो–३ ९सुपिरियर० को ६७ लाख ८० हजार, विवाइडी सिलायोन–७ को ७९ लाख ८५ हजार रहेको छ ।
त्यसैगरि, विवाइडीको १ करोड रुपैयाँ भन्दा माथिका गाडीमा विवाइडी सिल (डाइनामिक) को १ करोड १० लाख, विवाइडी सिल ९प्रिमियम० को १ करोड ४५ लाख ५० हजार र विवाइडी सिलको १ करोड ९५ हजार रुपैयाँ पर्दछ ।
बजेटपछि निशान म्याग्नाइटको मूल्य यथावत, बिक्री भने सुस्त
नेपालका लागि निशान गाडीको आधिकारिक वितरक पायोनियर मोटो क्रप प्रालि हो । कम्पनीले ५० लाख रुपैयाँ मूल्य मुनिका निशान म्याग्नाइट पेट्रोल विक्री–वितरण गर्दै आएको छ । अहिले निशान म्याग्नाइटको बेसिक भेरियन्टको ३५ लाख ७५, मिड भेरियन्टको ४० लाख ४९ हजार र टप भेरियन्टको ४३ लाख रुपैयाँ पर्दछ ।
‘बजेट अघि (बैशाखमा) निशान म्याग्नाइटको मूल्य अहिलेको जति नै थियो । मूल्यमा पहिले र अहिले खासै फरक छैन । मूल्य यथावत छ ।’, काठमाण्डौको नक्सालस्थित निशान गाडी सोरुमका सेल्स विभागका नविन पुडासैनीले भने ।
‘निशानको पेट्रोल गाडीको व्यापार फागुनदेखि सुस्त छ । चुनाव लगत्तै आउने बजेटमा करको दरमा हेरफेर हुने आशाले कारोबारमा कमी आयो । अहिले पेट्रोलको मूल्यमा आएको बृद्धिले थप असर पार्यो । पहिलाको जस्तो अहिले कारोबार छैन ।’, उनले भने ।

पायोनियरले नेपालमा ५० लाख रुपैयाँ मुनिको गाडी अन्तर्गत निशान म्याग्नाइट बिक्री–वितरण गरिरहेको छ । निशानले १ करोड रुपैयाँभन्दा माथिको गाडी अन्तर्गत निशान नभरालाई विक्री–वितरण गरिरहेको छ । यसको मूल्य १ करोड १५ लाख रुपैयाँ पर्दछ ।
अर्थमन्त्रीको घोषणा विपरीत ५० लाख मुनिका इभीको मूल्य घटेन
विद्युतीय सवारीसाधन (इभी) लाई प्राथमिक्तामा राख्दै यसको मूल्यमा कमी ल्याउन त्यही अनुसार राज्यले काम गरिरहेको छ । अर्थमन्त्री स्वर्णीम वाग्लेले ५० लाख रुपैयाँ मुनिका (इभी) को मूल्य थप घट्ने बताएका थिए ।
आर्थिक ऐनमा ५० लाख रुपैयाँ मुनिका इभीका लागि तय भएको ५ प्रतिशत सडक निर्माण दस्तुर (आरडीएफ) लाई घटाएर साढे २ (२.५) प्रतिशतमा झार्ने योजना थियो । तर ५० लाख रुपैयाँ माथिका इभीका लागि आरडीएफ ५ प्रतिशत नै रहने उल्लेख छ । यसले ५० लाख रुपैयाँ मुनिका इभीको मूल्यमा कमी ल्याउने विश्वास राखेको थियो ।
५० लाख रुपैयाँ माथिका गाडीलाई ‘विलासिता’ अन्तर्गत राखिएको छ । ५० लाख रुपैयाँ मुनिका गाडीलाई आवश्यकता अन्तर्गत राखेर थप मूल्य घटाउने तयारी गरिएको थियो ।
तर अहिले अटो बजारमा ५० लाख रुपैयाँ मुनिका इभीको मूल्यमा कमी आएको छैन । बजेट अघि रहेको मूल्य नै यथावत छ ।
अटो बजारमा भएका ५० लाख रुपैयाँ मुनिका गाडीका केहि ब्राण्डको मूल्य थप बढेर आएको छ । अर्थमन्त्री वाग्लेको दाबी विपरित अटो बजारमा ५० लाख रुपैयाँ मुनिका गाडीको मूल्य थप घट्न सकेको छैन ।
५० लाखभित्र कुन–कुन इभी र पेट्रोल गाडी पर्दछन् ? मुख्य–मुख्यको मूल्यसूचि
नेपालमा ५० लाख रुपैयाँ मुनिका विभिन्न इभी र पेट्रोल गाडीहरु विक्री–वितरण भइरहेका छन् । साथै, नेपालका सडकमा गुडिरहेका पनि छन् । ५० लाख रुपैयाँ मुनिका गाडी अन्तर्गत वुलिङ्गको मिनि एसयुभि इभी रहेको छ । यसको बजार मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
सुजुकीको ह्याच व्याकअन्तर्गतको अल्टो के १० को मूल्य २६ लाख ९९ हजार देखि ३२ लाख ४९ हजार रुपैयाँसम्म पर्दछ । यी सबै पेट्रोल गाडी हुन् । टाटाको ह्याचब्याक अन्तर्गतको अल्ट्रोजको बजार मूल्य ३२ लाख ५५ हजारदेखि ३८ लाख ५५ हजार रुपैयाँसम्म रहेको छ ।
होण्डाको सेडान अन्तर्गतको अमेजको मूल्य ४६ लाख ७९ हजार रुपैयाँ रहेको छ । हुण्डाईको सेडान अन्तर्गतको औरा एस भेरियन्टको बजार मूल्य ३७ लाख ९६ हजार रुपैयाँ रहेको छ । सुजुकीको ह्याचब्याक अन्तर्गतको वलेनोको बजार मूल्य ४० लाख ९९ हजारदेखि ४४ लाख ४९ हजारसम्म रहेको छ ।
महिन्द्राको पिक अप अन्तर्गतको बोलेरो क्याम्परको बजार मूल्य २३ लाख ७० हजारदेखि ३१ लाख ७५ हजार रुपैयाँसम्म रहेको छ । महिन्द्राको एसयुभिको बोलेरो म्याक्सी ट्रकको बजार मूल्य २० लाख ३५ हजार रुपैयाँ रहेको छ ।
कियाको एसयुभि अन्तर्गतको क्यारेन्स भेरियन्टको बजार मूल्य ४८ लाख ९० हजार रुपैयाँ रहेको छ । सुजुकीको ह्याचब्याक अन्तर्गतको सेलेरियो भेरिन्टको बजार मूल्य ३० लाख ९९ हजारदेखि ४० लाख ९९ हजार रुपैयाँसम्म रहेको छ ।
सुजुकीको सेडान अन्तर्गतको सियाज भेरियन्टको मूल्य ४५ लाख ५९ हजार रुपैयाँ रहेको छ । सुजुकीको सेडान अन्तर्गतको सियाज डेल्टा भरियन्टको बजार मूल्य ३९ लाख ५९ हजार रुपैयाँ रहेको छ ।
सिट्रोन ह्याचब्याकअन्तर्गतको सिट्रोन सि–३ को बजार मूल्य ३६ लाख ४९ हजार रुपैयाँ रहेको छ । सिट्रोन ह्याचब्याकअन्तर्गतको सिट्रोन इ सी–३ भेरियन्टको बजार मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ । सिट्रोन ह्याचब्याकअन्तर्गतको सि–३ को मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
सुजुकीको सेडान अन्तर्गतको डिजायर भेरियन्टको बजार मूल्य ४१ लाख ४९ हजारदेखि ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ । सुजुकीको भ्यान अन्तर्गतको इको कार्गो भेरियन्टको बजार मूल्य १९ लाख ५९ हजारदेखि २८ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ ।
हुण्डाईको एसयुभि अन्तर्गतको एक्टरको बजार मूल्य ३६ लाख ९६ हजारदेखि ४६ लाख ९६ हजार रुपैयाँ रहेको छ । फोटोनको पिकअपअन्तर्गतको फोटोन टुनल्याण्डको मूल्य ४५ लाख ५० हजार रुपैयाँ रहेको छ ।
फोर्डको सियुभिअन्तर्गतको फ्रिस्टायल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ । सुजुकीको एसयुभिको फ्रोन्स डेल्टा भेरियन्टको बजार मूल्य ४३ लाख ४९ हजारदेखि ४९ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
हुण्डाईको ह्याचब्याक अन्तर्गतको ग्रियाण्ड आइ–१० को बजार मूल्य ३२ लाख ९६ हजारदेखि ४० लाख ९६ हजार रुपैयाँसम्म रहेको छ । हुण्डाईको ह्याचव्याक अन्तर्गतको आइ–२० को मूल्य ३९ लाख ९६ हजारदेखि ४३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।