आईतवार, फाल्गुन ११,२०८१ 03:13:38
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:13:38
IME remit
Global IME Bank Limited

बम्पर लाभांश घोषणा गरेकै दिन किन घट्यो आइएमई लाइफको सेयरभाउ?

Hyundai Nepal
बम्पर लाभांश घोषणा गरेकै दिन किन घट्यो आइएमई लाइफको सेयरभाउ?
Nabil Bank Limited

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सको बुहप्रतिक्षित बम्पर लाभांश आज घोषणा भएको छ । बीमा कम्पनीहरुमा सर्वाधिक बोनस सेयर प्रस्ताव गर्ने कम्पनीको लाभांश घोषणा गरेकै दिन सेयरमूल्य भने घट्न पुग्यो ।

केही समयअघि सेयर बजारमा बैंक तथा बीमा वा जुनसुकै कम्पनीले लाभांश घोषणा गरेको दिन वा र हकप्रद सम्बन्धी निर्णय गरेको दिन उक्त कम्पनीको स्टक बढेको रेकर्ड छ ।  

आइएमई लाइफ इन्स्योरेन्सले आज मात्रै आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश गरी कुल ३४.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।  

तर,लाभांश घोषणा गरेकै दिन कम्पनीको सेयरमूल्य भने ०.५२ प्रतिशतले घटेर प्रतिकित्ता ५७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन कम्पनीको सेयरभाउ ५७३ रुपैयाँमा कायम भएर बजार बन्द भएको थियो ।  

आज नेप्से खुलेको समय आइएमई लाइफको सेयरमूल्य अधिकतम ६०६ रुपैयाँसम्म र न्यूनतम ५६७.४० रुपैयाँसम्म पुगेको थियो । कम्पनीको आज सर्वाधिक २८ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  

अर्थात् ३ हजार ९११ कुल कारोबारमा आइएमई लाइफको ४ लाख ९७हजार ५७ कित्ता सेयर किनबेच भएको थियो । आज बजार बन्द हुनुभन्दा अघिसम्म कम्पनीको सेयर १ लाख कित्ता पनि खरिद माग थिएन । यसर्थ आज आइएमई लाइफको सेयरमा खरिद मागभन्दा बढी बिक्री चाप भएकोे देखिन्छ ।  

लामो समयदेखि लगानीकर्ताहरु आइएमई लाइफको लाभांश घोषणाको प्रतिक्षामा थिए । कम्पनीले २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेपनि कम्पनीको स्टक खरिद गर्न लगानीकर्ता खासै आकर्षित देखिएनन् ।  

यसअघि उत्कृष्ट लाभांश प्रस्ताव गरेका सूर्यज्योति लाइफ र सन नेपाल लाइफको पनि उस्तै अवस्था सिर्जना भएको थियो । सो कम्पनीहरुले उत्कृष्ट लाभांश प्रस्ताव गरेपनि सेयरभाउ भने निरन्तर घट्न पुगेको थियो ।  

नेप्सेको फ्लोरसिट हेर्दा पनि आज आइएमई लाइफको स्टक खरिद भन्दा बढी बिक्री दबाव पर्न गएको बुझ्न सकिन्छ । बजार खुलेको समयमा सेयर खरिद माग न्यून हुनु र बजार बन्द हुँदासम्म सर्वाधिक कारोबार हुनुमा बिक्री चाप पर्न गएको बुझिन्छ ।  

लामो समयसम्म होल्ड गरेर बसेका लगानीकर्ताहरुले आज बजार खुलेको अन्तरालमा आइएमई लाइफको सेयरभाउ बढेको मौका छोपेर धमाधम बिक्री गर्दा अन्तिममा भाउ घट्न पुगेको बजार जानकार महेश रिजाल बताउँछन् ।  

‘यसअघि आइएमई लाइफले उत्कृष्ट लाभांशदिने बजारमा गाईगुई हल्ला थियो । जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउनुपर्ने र आइएमई लाइफले बोनस बाँडेरै तोकेको पूँजी पुर्याँउने लगभग पक्कापक्की जस्तो थियो’ उनले भने, ‘५ अर्ब पूँजी पुर्याउनुपर्ने आधारमा कम्पनीले २५% बोनस सेयर दिने आम लगानीकर्ताहरुले अनुमान लगाइसकेका थिए । यसर्थ लाभांश घोषणा गरेकै दिन सेयरभाउ बढेको मौका पारेर लगानीकर्ताहरुले आज धमाधम सेयर बिक्री गरेका हुन् ।’

Shivam Cement
CG Motors
Sagarmatha Cement

पछिल्लो समय लगानीकर्ताहरुमा सूचीकृत कम्पनीको लाभांशप्रति आकर्षण घट्दै गएको रिजालले बताए ।  

‘बजारमा अल्पकालिन लगानीकर्ता हाबी छन् । उनीहरु छोटो समयमा नै नाफा बुक गर्न खोज्छन । अहिले मार्केटमा लाभांश घोषणा गरेको दिन सेयर फाल्ने ट्रेन्ड चलेको छ’ उनले भने, ‘त्यसैमाथि बीमा कम्पनीहरुको चुक्ता पूँजी विषयले झनै यतिउति प्रतिशत बोनस आउने वा हकप्रद आउने अनुमान लगाउन सहज हुन्छ । लगानीकर्ताले यस्तो समाचार आएकै दिन सेयर फाल्ने गर्छन् । यसअघि सूर्यज्योति लाइफ र सन नेपाल लाइफको हकमा पनि यहि अवस्था आएको थियो ।’ उनले भने ।  

बजारमा लार्ज क्याप भएका कम्पनीप्रति लगानीकर्ताको मोह घट्दै गएको रिजालको भनाई छ । त्यस्ता कम्पनीहरुले आफ्नो पूँजीअनुसार व्यवसाय बढाउन नसक्दा कम्पनीको वित्तीय अवस्था खस्किँदै गएको रिजालले बताए ।

‘यतिबेला बजारमा लार्ज क्याप भएका कम्पनीमा लगानीकर्ता आकर्षित देखिंदैनन्, कम्पनीहरुले आफ्नो पूँजीवृद्धि अनुसार व्यवसाय बढाउन सकेका छैनन् । बीमा कम्पनीहरुको हकमा पनि उस्तै अवस्था छ,उनले भने, ‘पुँजी बढाउनुभन्दा बीमा कम्पनीले जति बीमाशुल्क आर्जन गर्थे अहिले पनि सो हाराहारीमा नै व्यवसाय गर्छन् । कम्पनीको क्यापिटल ग्रोथ मात्रै भएर हुँदैन विजनेश पनि ग्रोथ हुन जरुरी छ ।’

त्यस्तै, अर्का बजार जानकार बिरेन्द्र विष्ट पनि आज बिक्री चाप पर्दा आइएमई लाइफको सेयर अन्तिममा घट्न पुगेको बताउँछन् । ‘प्रिमियम मूल्यमा आईपीओ ल्याएको कम्पनीमध्ये आइएमई लाइफ बहुप्रतिक्षित कम्पनी थियो । कम्पनीले उत्कृष्ट लाभांश दिने विषयमा आम लगानीकर्ता विश्वस्त थिए’उनले भने, ‘लाभांश घोषणा गर्नुअघि टन्न सेयर किनेर राख्ने अनि घोषणा भएकै दिन सेयर फाल्ने प्रचलन बढ्दै गएको छ, आइएमई लाइफको केसमा पनि त्यहि भएको हो ।’

आज बजार बन्द हुँदा कम्पनीको सेयरभाउ सामान्य घटेपनि आगामी दिनमा भने बढ्न सक्ने विष्टको भनाई छ । ‘मार्केटमा स्टक होल्ड गर्ने र पोजिटिभ न्यूजआएकै दिन स्टक सोल्ड गर्ने स्ट्राटेजी हुन्छ’ उनले भने, ‘आज बिक्री चाप हुँदा आइएमई लाइफको सेयरमूल्य घटेको हुनसक्छ, तर आगामी दिनमा कम्पनीको सेयर फेरी बढ्ने छ ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.