शुक्रबार, श्रावण २२,२०८३ 03:17:02
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 03:17:02
Bizshala
Global IME Bank Limited

नक्कली अटो पार्ट्स कारोबारको आशंकामा छापा, करोडौंका सामग्री बरामद

नक्कली अटो पार्ट्स कारोबारको आशंकामा छापा, करोडौंका सामग्री बरामद
New Office

काठमाण्डौ । सवारीसाधनमा प्रयोग हुने नक्कली पार्टपुर्जा तथा लुब्रिकेन्ट अवैध रूपमा आयात गरी बिक्रीवितरण गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपास्थित एक अटो व्यवसायमा छापा मारी करोडौं रुपैयाँ बराबरका सामग्री बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार बनेपामा सञ्चालित नेष्ट जेनेरेशन अटोमोटिभ प्रालिको पसल तथा गोदाममा गरिएको छापामार कारबाहीका क्रममा अवैध रूपमा आयात गरिएका भनिएका नक्कली पार्टपुर्जा र लुब्रिकेन्ट बरामद गरिएको हो। सोही प्रकरणमा व्यवसायी राजकुमार पोतेलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त पसलसहित १० वटा गोदाम सिलबन्दी गरी बरामद सामग्रीको विवरण संकलन तथा अनुसन्धान जारी राखेको जनाएको छ।

प्रहरी स्रोतका अनुसार पोते यसअघि पनि राजस्वसम्बन्धी कसुरमा कानूनी कारबाहीमा परेका थिए। यद्यपि, यस घटनासम्बन्धी अनुसन्धान जारी रहेकाले थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

नक्कली अटो पार्टपुर्जाको प्रयोगले सवारीसाधनको सुरक्षा प्रणालीमा प्रतिकूल असर पर्न सक्ने, दुर्घटनाको जोखिम बढ्न सक्ने तथा राज्यले राजस्व गुमाउनुका साथै वैधानिक रूपमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीसमेत प्रभावित हुने सरोकारवालाहरूको भनाइ छ।

प्रहरीले देशभर अवैध रूपमा नक्कली अटो पार्टपुर्जा तथा अन्य सामग्रीको आयात, भण्डारण र बिक्री–वितरणमा संलग्न व्यक्ति तथा समूहविरुद्ध निगरानी बढाइएको तथा यस्ता गतिविधिमा संलग्नमाथि कानूनबमोजिम कारबाहीलाई तीव्र बनाइने जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.