काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको नाफामा गिरावट आएको छ । गत आवको चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा १६.१४ प्रतिशतले खस्किएको हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४७ करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको बिक्री आम्दानी सामान्य बढेको छ। कम्पनीले १० अर्ब ४५ करोड रुपैयाँको बिक्री आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १० अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीकाके अन्य आम्दानी भने ५ करोड २२ लाखबाट घटेर २ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ।
यस्तै कम्पनीको प्रशासनिक तथा अन्य खर्च ३२ करोड १५ लाख रुपैयाँबाट बढेर ४५ करोड ५३ लाख रुपैयाँ पुगेको छ। बिक्री तथा वितरण खर्च पनि १८ करोड २६ लाखबाट बढेर २१ करोड ६३ लाख पुगेको छ भने वित्त खर्च भने ४४ करोड ३४ लाखबाट घटेर २६ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ।
१ अर्ब ९० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ६८ करोड रुपैयाँ र कुल चालु दायित्व २ अर्ब २७ करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २२.०४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५०३.३२ रुपैयाँ, तरलता अनुपात २.०७ प्रतिशत र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७३६.५० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।