आईतवार, भाद्र ७,२०८३ 09:15:10
Bizshala
  • आईतवार, भाद्र ७,२०८३ 09:15:10
Bizshala
Global IME Bank Limited

ह्युमनोइड रोबोटले तोड्यो उसेन बोल्टको १०० मिटर दौडको विश्व कीर्तिमान

ह्युमनोइड रोबोटले तोड्यो उसेन बोल्टको १०० मिटर दौडको विश्व कीर्तिमान
New Office

काठमाण्डौ । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद प्रतियोगिताको परीक्षण दौडमा ‘लाइटनिङ’ नामक ह्युमनोइड रोबोटले १०० मिटर दौडमा नयाँ कीर्तिमान कायम गरेको दाबी गरिएको छ। रोबोटले १०० मिटर दूरी ९।३२ सेकेन्डमा पूरा गर्दै जमैकाका महान् धावक उसेन बोल्टले सन् २००९ मा बनाएको ९.५८ सेकेन्डको विश्व कीर्तिमानभन्दा ०.२६ सेकेन्ड कम समय निकालेको बताइएको छ।

चिनियाँ स्मार्टफोन निर्माता अनरद्वारा विकसित गरिएको ‘लाइटनिङ’ले परीक्षणका क्रममा अधिकतम १४.५ मिटर प्रतिसेकेन्ड अर्थात् करिब ५२.२ किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको जनाइएको छ। दौड पूरा गरेपछि रोबोट सन्तुलन कायम राख्न नसक्दा सुरक्षाका लागि राखिएको नरम पर्खालमा ठोक्किएको दृश्यसमेत सार्वजनिक भएको छ।

यसअघि पनि ‘लाइटनिङ’ले पुरुष हाफ म्याराथनमा ५० मिनेट २६ सेकेन्डको समय निकाल्दै विश्व कीर्तिमान बनाएको दाबी गरिएको थियो।

Bizshala
CG Motors

यद्यपि, बेइजिङमा शनिबार भएको १०० मिटरको मुख्य फाइनलमा ‘लाइटनिङ’ भने दोस्रो स्थानमा सीमित भएको बताइएको छ। ९.३२ सेकेन्डको समय परीक्षण दौडमा हासिल गरिएको कीर्तिमान हो।

‘लाइटनिङ’को उचाइ यसअघि १.६९ मिटर र खुट्टाको लम्बाइ करिब ९५ सेन्टिमिटर रहेको बताइएको थियो। पछिल्लो प्रतियोगिताका लागि यसको खुट्टा करिब १० सेन्टिमिटर लम्ब्याइएको रिपोर्टहरूमा उल्लेख छ। रोबोटको गति र सन्तुलन सुधार्न यसको संरचनामा गरिएको परिवर्तनलाई प्रदर्शनको प्रमुख पक्ष मानिएको छ।

बेइजिङमा सुरु भएको विश्व ह्युमनोइड रोबोट खेलकुद प्रतियोगितामा दौडसँगै फुटबल, बक्सिङ तथा घरायसी कामसम्बन्धी प्रतियोगितासमेत आयोजना गरिएको छ। कपडा पट्याउनेजस्ता दैनिक काममा रोबोटको क्षमता परीक्षण गर्ने कार्यक्रम पनि प्रतियोगिताको हिस्सा बनेका छन्।

आयोजकका अनुसार पाँच दिनसम्म चल्ने प्रतियोगिताको दोस्रो संस्करणमा २ हजारभन्दा बढी ह्युमनोइड रोबोट सहभागी छन्। यसले चीनमा रोबोटिक्स, कृत्रिम बुद्धिमत्ता र स्वचालन प्रविधिको तीव्र विकासलाई समेत प्रतिबिम्बित गरेको छ।

‘लाइटनिङ’को प्रदर्शन चीनबाट सार्वजनिक भइरहेका रोबोटसम्बन्धी प्रभावशाली प्रदर्शनको पछिल्लो उदाहरण हो। यसअघि फेब्रुअरीमा चिनियाँ ह्युमनोइड रोबोटहरूले कुंगफु, पार्कौर र ब्रेकडान्स प्रस्तुत गरेको भिडियोले पनि व्यापक ध्यान आकर्षित गरेको थियो।

लुनार नयाँ वर्षका अवसरमा प्रसारित उक्त प्रदर्शनमा दुई दर्जनभन्दा बढी ह्युमनोइड रोबोटले बालबालिकासँगै विभिन्न मार्सल आर्ट प्रस्तुत गरेका थिए। केही रोबोटले नन्चाकु र तरबारसमेत प्रयोग गर्दै परम्परागत चिनियाँ मार्सल आर्टलाई आधुनिक रोबोटिक्स प्रविधिसँग जोडेर प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.