बुधबार, आश्विन २८,२०८३ 01:24:40
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 01:24:40
Bizshala
Global IME Bank Limited

तीन दिन बित्दा पनि कृष्णभीर खोल्ने उपायमा सरकार अन्योलमै

Bizshala
तीन दिन बित्दा पनि कृष्णभीर खोल्ने उपायमा सरकार अन्योलमै
New Office

 

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक भास्सिएको तीन दिन बितिसक्दा पनि त्यसलाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा सरकार निष्कर्षमा पुग्न सकेको छैन।

सडक विभागले मंगलबार पत्रकार सम्मेलन गर्दै कृष्णभीरको अवरुद्ध सडक खुलाउने विकल्पबारे गहन छलफल भइरहेको भए पनि अहिलेसम्म ठोस निर्णय नभएको जनाएको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार कृष्णभीरको भूगर्भीय अवस्था जटिल रहेकाले जियो–टेक्निकल टोलीको विस्तृत परामर्शपछि मात्र अगाडिको विकल्प तय गरिनेछ।

उनले त्रिशूली नदीपारिबाट नयाँ ट्र्याक खोल्ने वा हालको सडक संरचनालाई नै पुनः सञ्चालनमा ल्याउने भन्ने विषयमा प्राविधिक निष्कर्ष आवश्यक रहेको बताए।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौंसहित मध्य तथा पश्चिम नेपालबीचको मुख्य सडक सम्पर्क प्रभावित भएको छ। हाल हेटौंडा जोड्ने वैकल्पिक राजमार्ग प्रयोग गरेर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ।

कृष्णभीर क्षेत्र लामो समय अवरुद्ध भए यात्रु आवागमनसँगै मालवाहक सवारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा थप दबाब पर्न सक्ने देखिएको छ।

सडक विभागले भने जियो–टेक्निकल अध्ययनको निष्कर्ष आएपछि मात्रै सुरक्षित र दीर्घकालीन विकल्पबारे निर्णय गरिने जनाएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.