बिहीबार, भाद्र १८,२०८३ 06:37:39
Bizshala
  • बिहीबार, भाद्र १८,२०८३ 06:37:39
Bizshala
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीहरुले एक महिनामै संकलन गरे रु.५.३२ अर्ब प्रिमियम, व्यवसायमा २३.३९% ग्रोथ

निर्जीवन बीमा कम्पनीहरुले एक महिनामै संकलन गरे रु.५.३२ अर्ब प्रिमियम, व्यवसायमा २३.३९% ग्रोथ
New Office

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो महिनामै निर्जीवन बीमकहरुले ५ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् ।  

बीमकहरुको यो व्यवसाय गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा २३.३९ प्रतिशत बढी हो । गत आवको साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

सो अवधिसम्ममा सबै कम्पनीको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले ५६ करोड २५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा ५४.०१ प्रतिशतले बढी हो ।  

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५५ करोड ३२ लाख, एनएलजीले ५३ करोड ४६ लाख, शिखरले ५१ करोड २० लाख, सिद्धार्थ प्रिमियरले ४६ करोड ७६ लाख, आइजीआई प्रुडेन्सियलले ४४ करोड ७१ लाख, दि. ओरियन्टल इन्स्योरेन्सले ४४ करोड ३७ लाख, नेकोले ३८ करोड ८ लाख, युनाइटेड अजोडले ३३ करोड २३ लाख, नेशनल इन्स्योरेन्सले २७ करोड २ लाख, सानिमा जिआइसीले २४ करोड ३ लाख, राष्ट्रिय बीमा कम्पनीले १९ करोड २ लाख र प्रभु इन्स्योरेन्सले १४ करोड ६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

गत आवको तुलनामा यस अवधिसम्म सर्वाधिक व्यवसाय ग्रोथ गर्नेमा भने एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको व्यवसाय गत आवको तुलनामा ५५.३७ प्रतिशत ग्रोथ भएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.