मंगलवार, आश्विन १३,२०८३ 04:49:51
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 04:49:51
Bizshala
Global IME Bank Limited

सुस्ताको ‘सीमा चिनाउने’ सिमलको रूख बाढीले बगायो, फेरि बढ्यो सीमा विवादको चिन्ता

२४ किलोमिटर क्षेत्रमा स्थायी सीमा स्तम्भ छैनन्, भारतीय अवरोधले तटबन्ध अधुरै

Bizshala
सुस्ताको ‘सीमा चिनाउने’ सिमलको रूख बाढीले बगायो, फेरि बढ्यो सीमा विवादको चिन्ता
New Office

 

 

काठमाण्डौ । नेपाल–भारतबीच लामो समयदेखि विवादित मानिँदै आएको सुस्ता क्षेत्रमा सीमा छुट्याउने अनौपचारिक आधारका रूपमा प्रयोग हुँदै आएको सिमलको रूख नारायणी नदीको बाढीले बगाएको छ।

स्थायी सीमा स्तम्भ नरहेको क्षेत्रमा वर्षौंदेखि स्थानीय बासिन्दा तथा नेपाल–भारतका सुरक्षा निकायले समेत उक्त सिमलको रूखलाई सीमा चिनाउने एउटा आधारका रूपमा हेर्दै आएका थिए। अब रूख नै बगेपछि स्थानीयमा सीमा विवाद थप जटिल बन्न सक्ने चिन्ता बढेको छ।

सुस्ताको पूर्व र दक्षिणतर्फ करिब २४ किलोमिटर क्षेत्रमा स्थायी सीमा स्तम्भ छैनन्। यस्तो अवस्थामा पूर्व–उत्तर क्षेत्रमा रहेको सिमलको रूख र दक्षिणतर्फको एउटा सानो बाटोलाई स्थानीयस्तरमा अनौपचारिक सीमा मानिँदै आएको थियो।

तर पछिल्लो बाढीले वर्षौंदेखि सीमा छुट्याउने संकेतका रूपमा रहेको सिमलको रूखसमेत बगाइदिएको हो।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार नारायणी नदीको कटान साउनदेखि नै तीव्र बनेको थियो। पछिल्लो समय बाढीको बहाव थप बढेपछि बुधबार राति उक्त रूख बगेको हो।

उनले रूख बगेसँगै सीमा छुट्याउने एउटा महत्वपूर्ण स्थानीय आधारसमेत हटेको बताए।

‘स्थायी सीमा स्तम्भ नभएको अवस्थामा यही रूखलाई एउटा आधार मानिँदै आएको थियो,’ जयसवालले भने, ‘अब रूख नै नरहेपछि भविष्यमा सीमासम्बन्धी नयाँ विवाद सिर्जना हुन सक्ने जोखिम बढेको छ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नदीले खाइरहेको छ सुस्ताको जमिन

सुस्ता क्षेत्र वर्षौंदेखि नारायणी नदीको कटानको चपेटामा पर्दै आएको छ। प्रत्येक वर्ष नदीको बहाव बढेसँगै नेपाली भूभाग कटान हुने र बस्तीसमेत जोखिममा पर्ने गरेको स्थानीय बताउँछन्।

नदी किनारमा करिब एक किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गरिए पनि त्यससँग जोडिएको पूर्वतर्फको १३२ मिटर क्षेत्रमा तटबन्ध निर्माण हुन सकेको छैन।

स्थानीयका अनुसार उक्त क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीको अवरोधका कारण काम रोकिएको हो।

यही अधुरो भाग अहिले कटानको सबैभन्दा संवेदनशील क्षेत्र बनेको छ।

स्थायी तटबन्ध निर्माण हुन नसकेपछि स्थानीय बासिन्दाले साउन १५ गतेदेखि बोरामा बालुवा भरेर अस्थायी बाँध बनाउँदै आएका थिए। तर पछिल्लो बाढीले उक्त अस्थायी संरचनासमेत बगाएपछि कटान झन् तीव्र बनेको छ।

स्थानीय युवा अगुवा बाबु खाँका अनुसार बाँध भत्किएको क्षेत्रबाट नारायणीले निरन्तर जमिन काटिरहेको छ।

भूगोलसँगै सीमा संकेत पनि मेटिँदै

सुस्ताको समस्या केवल नदी कटानमा सीमित छैन। नदीले भूभाग परिवर्तन गर्दै जाँदा सीमा छुट्याउने स्थानीय आधारसमेत हराउँदै गएका छन्।

स्थायी सीमा स्तम्भ नहुँदा रूख, बाटो र स्थानीय पहिचानकै भरमा सीमा बुझिँदै आएको क्षेत्रमा अब ती प्राकृतिक संकेतसमेत नष्ट हुन थालेपछि समस्या थप संवेदनशील बनेको हो।

स्थानीयको चिन्ता छ—आज एउटा रूख बग्यो, भोलि थप भूभाग कटान भयो भने सीमा कहाँ थियो भन्ने विषयमै नयाँ विवाद खडा हुन सक्छ।

यसैले सुस्तामा तत्काल कटान नियन्त्रण, स्थायी तटबन्ध निर्माण र नेपाल–भारतबीच स्पष्ट सीमा व्यवस्थापनको आवश्यकता झन् टड्कारो बनेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.