आईतवार, भाद्र २१,२०८३ 08:22:46
Bizshala
  • आईतवार, भाद्र २१,२०८३ 08:22:46
Bizshala
Global IME Bank Limited

काठमाण्डौमा दैनिक ३५ हजार ग्यास सिलिन्डर पठाइँदै

काठमाण्डौमा दैनिक ३५ हजार ग्यास सिलिन्डर पठाइँदै
New Office

काठमाण्डौ । पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि काठमाण्डौ उपत्यकामा ग्यास आपूर्ति प्रभावित बनेको अवस्थामा उद्योगीहरूले वैकल्पिक माध्यमबाट आपूर्ति बढाएका छन्। उपत्यकामा ग्यासको अभाव हुन नदिन चितवन, मकवानपुर, बारा, पर्सा, नवलपुर र धनुषालगायत जिल्लामा सिलिन्डर भरेर काठमाण्डौ पठाउन थालिएको छ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार पछिल्ला तीन दिनमा मात्रै उपत्यकामा करिब ९३ हजार सिलिन्डर पठाइएको छ। बिहीबार २४ हजार, शुक्रबार ३४ हजार र शनिबार ३५ हजार सिलिन्डर काठमाण्डौ पठाइएको हो ।

सामान्य अवस्थामा काठमाण्डौ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने गर्छ। सडक अवरोधका कारण नियमित रूपमा ग्यास बुलेट उद्योगसम्म पुग्न नसकेपछि खाली सिलिन्डरलाई ट्रकमार्फत उपत्यकाबाहिरका उद्योगमा पुर्‍याई त्यहीँ ग्यास भरेर पुनः काठमाण्डौ ल्याउने व्यवस्था मिलाइएको हो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नेपाल आयल निगमले उपत्यकाबाहिर सिलिन्डर भरेर ल्याउने अनुमति दिएपछि बिहीबारदेखि नै वैकल्पिक मार्गबाट ढुवानी सुरु गरिएको संघले जनाएको छ। यसले नियमित आपूर्ति अवरुद्ध हुँदा सिर्जना भएको दबाब केही हदसम्म कम गरेको उद्योगीहरूको भनाइ छ।

चितवनका ग्यास उद्योगलाई काठमाण्डौको आपूर्ति व्यवस्थापनमा प्रमुख आधार बनाइएको छ। नेपाल, एचपी, त्रिवेणी, बाबा, श्री र साईबाबा ग्यासका उद्योगबाट सिलिन्डर भरेर काठमाडौं पठाइएको छ। त्यस्तै नवलपुरको गैँडाकोटबाट जानकी र श्रीराम, बारा–पर्साबाट सीताश्री, श्रीमाया र लियो, पर्सा तथा धनुषाबाट हिमाल र सगर तथा हेटौँडाबाट एभरेस्ट र सुगम ग्यास आपूर्ति भइरहेको संघले जनाएको छ।

सरकारी लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले समेत वैकल्पिक व्यवस्थाबाट आपूर्ति थालेको छ। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि धादिङको जुगेखोलास्थित कर्पोरेसनको एलपीजी प्लान्टमा ग्यास बुलेट पुग्न नसकेपछि निजी क्षेत्रका सहज स्थानमा रहेका मनोज र बाबा ग्यासका प्लान्टसँग सहकार्य गरी एसटिसीका खाली सिलिन्डरमा ग्यास भरेर काठमाण्डौ पठाइएको कर्पोरेसनले जनाएको छ।

आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था गरिए पनि यसको प्रत्यक्ष प्रभाव उपभोक्ताको मूल्यमा परेको छ। नेपाल आयल निगमले उपत्यकाबाहिर ग्यास भरेर ल्याइएका सिलिन्डरको बिक्री मूल्यमा प्रतिकिलोमिटर ढुवानीलगायत अतिरिक्त लागत समायोजन हुने गरी साविक मूल्यभन्दा रु. १०५.३८ बढी लिन अनुमति दिएको छ।

यससँगै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु. २,१६५.३८ पुगेको छ। यसअघि प्रतिसिलिन्डर रु. २०६० मा बिक्री हुँदै आएको थियो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.