आईतवार, भाद्र २१,२०८३ 03:31:21
Bizshala
  • आईतवार, भाद्र २१,२०८३ 03:31:21
Bizshala
Global IME Bank Limited

बाढीपीडितलाई बीमा कम्पनीको १६ करोड सहयोग, सीएसआर खर्चमा गणना हुने

कुनले कति दिए ?

बाढीपीडितलाई बीमा कम्पनीको १६ करोड सहयोग, सीएसआर खर्चमा गणना हुने
New Office

काठमाण्डौ । भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपालका बीमा कम्पनीहरूले १६ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

हालसम्म प्राप्त विवरणअनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १६ करोड ७ लाख २३ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि सहयोग जुटाउँदै आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत स्वदेश तथा विदेशमा रहेका व्यक्ति तथा संस्थालाई उद्धार कोषमा सहयोग गर्न आह्वान गरेको छ ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

सरकारको आह्वानबमोजिम कर्पोरेट सेक्टर, निजी क्षेत्र र बैैंक वित्तीय संस्था र बीमा कम्पनीहरुले धमाधम सहयोग गरेका छन् । जीवन बीमातर्फबाट १३ कम्पनीले सहयोग गरेका छन् भने निर्जीवन तर्फबाट ८ कम्पनीले सहयोग गरेको औपचारिक घोषणा भइसकेको छ ।  

जीवन बीमातर्फ राष्ट्रिय जीवन बीमा कम्पनी र निर्जीवनतर्फ एनएलजी, शिखर, राष्ट्रिय बीमा कम्पनी, ओरियन्टल, नेशनल र सानिमा जिआइसीले सहयोग गरेको औपचारिक समाचार आएको छैन ।  

बीमा क्षेत्रबाट हालसम्म २१ कम्पनीले गरेको यो सहयोगले बाढी प्रभावितको तत्काल उद्धार तथा राहत व्यवस्थापनमा थप स्रोत जुटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । पछिल्लो विपद्मा निजी क्षेत्रका विभिन्न संस्था, बैंक तथा व्यावसायिक समूहले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उल्लेख्य रकम सहयोग तथा प्रतिबद्धता जनाएका समेत छन् ।

बीमा कम्पनीहरुले यस्तो विपद्को समयमा सहयोगको अग्रसरता देखाएका छन् । अर्थमन्त्रालयले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरेको योगदानलाई सामाजिक उत्तरदायित्व कोष (सीएसआर)खर्चको रुपमा मान्यता दिइने व्यवस्था गरेको छ ।  

जसबमोजिम बीमा कम्पनीरुले गरेको यो रकम सीएसआर खर्चको रुपमा गणना गर्न पाउनेछन् ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.