शुक्रबार, फाल्गुन ९,२०८१ 09:14:46
IME remit
  • शुक्रबार, फाल्गुन ९,२०८१ 09:14:46
IME remit
Global IME Bank Limited

पारामाउन्ट मोटर्सको एमजी कमेट ईभी र एमजी ४ ईभी नेपाली बजारमा उपलब्ध

Hyundai Nepal
पारामाउन्ट मोटर्सको एमजी कमेट ईभी र एमजी ४ ईभी नेपाली बजारमा उपलब्ध
Nabil Bank Limited

काठमाण्डौ । एमजी गाडीका लागि नेपालको आधिकारिक वितरक एवं आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजी कमेट ईभी र एमजी ४ ईभी सार्वजनिक गरेको छ। नेपाली बजारमा बढ्दो विद्युतीय सवारीसाधनहरुको भीडमा यी दुई मोडल नयाँँ नाम हुन्।

लन्चमा बोल्दै पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले भने, ‘नेपाली बजारमा यी दुई विद्युतीय सवारी भित्र्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ। स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकवर्गका लागि यी दुई मोडलहरु अत्यन्तै उपयुक्त हुन्छन्।’

एमजी कमेट ईभी भारतमा बनेको आकर्षक मूल्यको विद्युतीय गाडी हो जसले सिंगल चार्जमा २३० किलो मिटरको रेन्ज दिन्छ। यसमा १७.३ केडब्ल्यूएचको ब्याट्री र ३१.२६केडब्ल्यूको मोटर रहेको छ। एमजी कमेट ईभीमा यात्रुहरुको सुरक्षाका लागि आईपी६७ रेटेड ब्याट्री, डुवल फ्रन्ट एयर ब्याग, पछाडि पट्टी पार्किङ सेन्सर र सबै यात्रुका लागि सिट बेल्टहरु राखिएको छ। सुविधा र सहजताका लागि एमजी कमेट ईभीमा एलसिडि स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी र हिटरजस्ता सुविधाहरु रहेका छन्। 

एमजी कमेट ईभीको सुरुआती मूल्य १७.९९ रहेको छ भने एमजी कमेट ईभी प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छ।

त्यस्तै एमजीले कमेट ईभीको हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ भने हाई भोल्टेज ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टि दिएको छ।

हेर्दा अत्यन्तै आकर्षक देखिने एमजी ४ ईभी २०२३ को यू्रके कार अफ द इयर हुनुको साथै यसले युरोपमा पनि सेफ्टीका लागि ५ स्टार पाएको छ। कम्फर्ट र लक्जरी गरी २ भेरीयन्टमा उपलब्ध एमजी कम्फर्ट ईभीको ब्याट्री क्षमता ५१केडब्ल्यूएच र ९९केडब्ल्यू को मोटर रहेको छ।  

त्यस्तै एमजी लक्जरी ईभीको ब्याट्री क्षमता ६४ केडब्ल्यूएच र १५० केडब्ल्यूको मोटर रहेको छ। एमजी ४ ईभीको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर व्हिल ड्राइभ हो जुन यही मूल्यमा नेपाली बजारमा उपलब्ध विद्युतीय गाडीहरुको सेग्मेन्टमा पहिलो फिचर हो।

एमजी ४ ईभीले सिङल चार्जमा ४३५ किलोमिटर सम्मको रेन्ज दिन सक्छ। राम्रो ह्यान्ड्लिङ र ट्रयाक्सनका लागि एमजी ४ ईभीमा रियर व्हिल लेआउट राखिएको छ। त्यस्तै यात्रुहरुको सुरक्षाका लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डरजस्ता फिचरहरु रहेका छन् भने सुविधा र सहजताका लागि मोबाइल फोन ब्लुटुथ कि ५ वटा डाईभीङ मोड आदिजस्ता फिचर रहेका छन्।  

त्यस्तै एमजी ४ ईभीका लागि हाइ भोल्टेज ब्याट्रीमा १ लाख ५० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिएको छ भन हाई भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ।

त्यस्तै एमजी ४ कम्फर्ट ईभीको सुरुआती मूल्य ४१.४९ लाख रहेको छ भने एमजी लक्जरी ईभीको सुरुआती मूल्य ५८.९९ रहेको छ।

एमजीका यी दुवै ईभीमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामरा र आवश्यक सेफ्टी फिचरहरु रहेका छन्। यी दुवैमा एमजीले आफ्टर सेल्स सर्भिस र एक वर्षको वारेन्टि प्रदान गरेको छ। 

हाल नेपालभर एसि र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरु उपलब्ध छन्। यद्यपि, २०२३ को अन्त्य सम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेशनहरुको संख्या ५० सम्म पु¥याउने लक्ष्य राखेको छ। आफ्ना सेवाग्राहीहरुको सहज यात्राका लागि पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरु मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डीसी चार्जिङ स्टेसनहरु स्थापना गरेको छ। यी स्थानहरुमा आधा घण्टामै ८०% सम्म चार्ज गर्न सकिन्छ भने एमजीको नयाँँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, बिर्तामोड, बर्दिबास, वीरगन्ज, पोखरा, हेटौँडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङको लमहीमा पनि चाँडै डीसी चार्जिङ स्टेसनहरु स्थापना गरिने जानकारी दिएको छ। 

त्यस्तै काठमाण्डौ, बिर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसनहरु रहेका छन्।

Shivam Cement
CG Motors
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.