बुधबार, श्रावण ६,२०८३ 02:45:07
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 02:45:07
Bizshala
Global IME Bank Limited

नेपालको हवाई क्षेत्रमा लगानीको योजनामा अडानी ग्रुप, विमानस्थल व्यवस्थापन तथा निर्माणमा चासो

नेपालको हवाई क्षेत्रमा लगानीको योजनामा अडानी  ग्रुप, विमानस्थल व्यवस्थापन तथा निर्माणमा चासो
New Office

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडानीको अडानी ग्रुपले नेपालको विमानस्थल क्षेत्रमा लगानीका साथै दुई प्रमुख विमानस्थलको व्यवस्थापन सम्हाल्ने योजना बनाएको छ ।  

समाचार एजेन्सी आईएएनएसले अडानी ग्रुपले नेपालको हवाई क्षेत्रमा लगानीको प्रस्ताव गरेको जनाएको हो ।  

यो महिना गुजरातमा भाइब्रेन्ट गुजरात सम्मेलनमा भाग लिने क्रममा अडानी ग्रुपका अध्यक्ष गौमत अडानीसँगको भेटघाटमा नेपालका अर्थमन्त्रि रामशरण महतले गौतम अडानीले नेपालमा लगानी गर्ने प्रस्ताव गरेको बताएका थिए । अडानीले मुख्यतः उर्जा र विमानस्थल व्यवस्थापनको क्षेत्रमा लगानी गर्ने इच्छा जाहेर गरेको महतले बताएका थिए ।  

अडानी ग्रुपले नेपालको भैरहवा अन्तराष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल समेत गरी अन्य दुई विमानस्थलको व्यवस्थापन लिने योजना बनाएको आइएएनएसले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।  

अर्थमन्त्रि महतले गौतम अडानीलाई आगामी अप्रिल महिनामा आयोजना हुने नेपाल लगानी शिखर सममेलनमा सहभागी हुन निमन्त्रणा समेत गरेको रिपोर्टमा उल्लेख छ ।  

अडानीसँगको भेटमा उनले नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विस्तार र सञ्चालन,भैरहवा विमानस्थलको व्यवस्थापन र बारा निजगढ विमानस्थलको निर्माणमा इच्छा जाहेर गरेको अर्थमन्त्रि महतले बताएका थिए ।  

आईएएनएसको रिपोर्टका अनुसार नेपालका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रि सूदन किरातीले सरकारले सबै तीन वटा अन्तराष्ट्रिय विमानस्थल व्यवस्थापन गर्न र निजगढ विमानस्थल निर्माण गर्न प्याकेज निर्माणका लागि अध्ययन भईरहेको बताएका छन् ।  

अडानी ग्रुपले भारतमा कयौँ विमानस्थलहरु व्यवस्थापन गरिरहेको छ । तर ग्रुपको भारत बाहिर भने नेपालमा पहिलोपटक लगानी हुनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.