Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 01:02:09
Bizshala
Global IME Bank Limited

कृष्णभीर पहिरोको मार वैकल्पिक सडकमा, ३ घण्टाको हेटौँडा–काठमाडौँ यात्रा ५ घण्टासम्म

कृष्णभीर पहिरोको मार वैकल्पिक सडकमा, ३ घण्टाको हेटौँडा–काठमाडौँ यात्रा ५ घण्टासम्म
New Office

काठमाण्डौ । कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधनको चाप अत्यधिक बढेको छ।

मुख्य राजमार्गबाट आवागमन हुन नसकेपछि काठमाडौँ भित्रिने तथा बाहिरिने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिएका छन्। त्यसको प्रत्यक्ष असर हेटौँडा–काठमाडौँ सडकमा परेको हो।

पछिल्लो एक सातादेखि यो सडकखण्डमा ट्रक, बस, जिप, कारलगायतका सवारीसाधनको चाप अस्वाभाविक रूपमा बढेको छ। साँघुरो र घुमाउरो पहाडी सडकमा एकैपटक ठूलो संख्यामा सवारी गुड्न थालेपछि ठाउँठाउँमा लामो जामसमेत देखिन थालेको छ।

सवारी व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि साना तथा ठूला सवारीसाधनका लागि छुट्टाछुट्टै रुट निर्धारण गरेको छ।

व्यवस्थाअनुसार १० चक्कासम्मका मालवाहक सवारीसाधन हेटौँडाबाट काठमाडौँ आउँदा त्रिभुवन राजपथ प्रयोग गरिरहेका छन् भने फर्कंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै, हेटौँडाबाट काठमाडौँ आउने १४ सिटभन्दा कम क्षमताका सवारीसाधनलाई भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्न दिइएको छ। काठमाडौँबाट हेटौँडातर्फ जाने सवारीका लागि भने फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्ग तोकिएको छ।

सवारीको चाप बढेसँगै यात्राको समयसमेत उल्लेख्य रूपमा लम्बिएको छ। सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने हेटौँडा–काठमाडौँ यात्रा अहिले पाँच घण्टासम्म लाग्न थालेको छ।

जामका कारण यात्रु मात्र प्रभावित भएका छैनन्, काठमाडौँ उपत्यकाका लागि आवश्यक ग्यास, खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तुको ढुवानीमा समेत असर परेको छ।

कृष्णभीरको पहिरोपछि पश्चिम नेपालतर्फ जाने सार्वजनिक यातायात तथा ग्यास, खाद्यान्न र अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनसमेत यही वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्।

मुख्य राजमार्ग लामो समयसम्म अवरुद्ध रहँदा वैकल्पिक सडकमा बढेको दबाबले यात्रालाई कष्टकर बनाउनुका साथै आपूर्ति प्रणालीमा समेत थप दबाब सिर्जना गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.