आईतवार, भाद्र २८,२०८३ 02:40:47
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 02:40:47
Bizshala
Global IME Bank Limited

टीभीएसको दशैं योजना ‘गोल्डेन की’ सार्वजनिक, १० लाखसम्म नगद छुट र १०० प्रतिशतसम्म क्यासब्याक

टीभीएसको दशैं योजना ‘गोल्डेन की’ सार्वजनिक, १० लाखसम्म नगद छुट र १०० प्रतिशतसम्म क्यासब्याक
New Office

 

काठमाण्डौ । नेपालका लागि टीभीएस दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दशैंलाई लक्षित गर्दै ‘टीभीएस गोल्डेन की’ योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले सुनिश्चित रूपमा तीनमध्ये एउटा पुरस्कार प्राप्त गर्नेछन्।

योजनाअन्तर्गत ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, गोल्ड की वा सवारी खरिद मूल्यमा १०० प्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक पुरस्कार पाउन सक्नेछन्।

कम्पनीले प्रत्येक खरिदमा पुरस्कार सुनिश्चित गरिएको जनाएको छ।

यसका अतिरिक्त, योजनाअन्तर्गत दैनिक ‘लक्की ड्र’ पनि सञ्चालन गरिनेछ। दैनिक दुई जना ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिस पाउनेछन्।

दशैंको समयमा टीभीएस मोटरसाइकल तथा स्कुटर खरिदलाई सहज बनाउन कम्पनीले सजिलो फाइनान्स सुविधा पनि उपलब्ध गराउने जनाएको छ। यो सुविधा भने कम्पनीले तोकेका सर्त तथा नियमअनुसार उपलब्ध हुनेछ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले दशैंलाई नयाँ सुरुवात, उत्सव र पारिवारिक एकताको अवसरका रूपमा लिँदै ग्राहकलाई थप मूल्य र लाभ दिने उद्देश्यले ‘टीभीएस गोल्डेन की’ योजना ल्याइएको बताए।

उनले प्रत्येक ग्राहकले सुनिश्चित पुरस्कार पाउने र दैनिक लक्की ड्रमार्फत दीर्घकालीन सर्भिस सुविधा जित्ने अवसरसमेत उपलब्ध हुने बताए।

त्यस्तै, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहकलाई केन्द्रमा राखेर यो योजना ल्याइएको उल्लेख गर्दै पुरस्कार, दैनिक लक्की ड्र र सजिलो फाइनान्स सुविधाले टीभीएस स्वामित्वलाई अझ सहज र आकर्षक बनाउने विश्वास व्यक्त गरे।

जगदम्बा मोटर्स नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक हो। कम्पनीले देशभर बिक्री तथा बिक्रीपछिको सेवा सञ्जालमार्फत टीभीएसका मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ।

कम्पनीका अनुसार ‘टीभीएस गोल्डेन की’ योजना सम्बन्धित सर्त तथा नियम लागू हुने गरी सञ्चालन हुनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.