काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले कम्पनीको ३२ औं वार्षिक साधारण सभा र बुक क्लोजको मिति निर्धारण गरेको हो ।
बैठकले उक्त सभा आगामी असोज २२ गते बिहिबारका दिन काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फूड ल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ३० प्रतिशत नगद लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।