काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा असोज २२ गते काठमाण्डौको गैरीधारामा रहेको एलिस रिसेप्सनमा बिहान साढे १० बजेदेखि शुरु हुनेछ ।
सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने करसहित) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८३/८४ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।