बुधबार, भाद्र ३१,२०८३ 11:02:13
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 11:02:13
Bizshala
Global IME Bank Limited

तीनदिने भारत भ्रमणमा जाँदै अर्थमन्त्री वाग्ले, सीतारमण र जयशंकरसँग उच्चस्तरीय वार्ता

तीनदिने भारत भ्रमणमा जाँदै अर्थमन्त्री वाग्ले, सीतारमण र जयशंकरसँग उच्चस्तरीय वार्ता
New Office

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा बिहीबार तीनदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री वाग्लेको भारत भ्रमण स्वीकृत गरेको हो। उनले अर्थ र परराष्ट्र मन्त्रालयका अधिकारी सम्मिलित ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

Shivam Cement
Bizshala
CG Motors

अर्थ मन्त्रालयका अनुसार विपद्पछिको पुनर्निर्माणमा भारतको सहयोग जुटाउनुका साथै नेपाल–भारत आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउनु भ्रमणको प्रमुख उद्देश्य हो। भ्रमणका क्रममा दुई देशबीचका आर्थिक, राजनीतिक तथा कूटनीतिक सम्बन्धका विभिन्न आयामबारे उच्चस्तरीय छलफल हुनेछ।

अर्थमन्त्री वाग्लेले बिहीबार साँझ ५ बजे आफ्ना भारतीय समकक्षी एवं वित्तमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा नेपालमा विपद्पछिको पुनर्निर्माण, द्विपक्षीय आर्थिक सहायता, लगानी, व्यापार, ऊर्जा तथा विकास साझेदारीका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

शुक्रबार उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। उक्त भेटमा नेपाल–भारत सम्बन्ध, विकास सहकार्य तथा पारस्परिक चासोका आर्थिक र कूटनीतिक विषयमा छलफल हुने बताइएको छ।

सोही दिन अर्थमन्त्री वाग्ले भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। उनले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम छ।

Muktinath Bikas Bank Limited

शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने सम्मेलनमा वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। सम्मेलनमा भारतका प्रतिष्ठित औद्योगिक घराना तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहनेछ। त्यस अवसरमा नेपालमा उपलब्ध लगानीका सम्भावना, औद्योगिक सहकार्य र निजी क्षेत्रबीचको साझेदारीबारे छलफल हुने अपेक्षा गरिएको छ।

शनिबार दिउँसो उनी दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिकािका रूपमा सहभागी हुनेछन्।

तीनदिने भ्रमण पूरा गरी अर्थमन्त्री वाग्ले शनिबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.