बुधबार, आश्विन २८,२०८३ 12:56:43
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 12:56:43
Bizshala
Global IME Bank Limited

भारी वर्षाको पूर्वानुमानपछि पर्वतारोही र पदयात्रीलाई उच्च सतर्कता अपनाउन आग्रह

Bizshala
भारी वर्षाको पूर्वानुमानपछि पर्वतारोही र पदयात्रीलाई उच्च सतर्कता अपनाउन आग्रह
New Office

काठमाण्डौ । पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका सूचना अधिकारी सुरज घिमिरेले आज जारी गर्नुभएको सूचनामा जल तथा मौसम विभागले असोज ८ देखि १२ गतेसम्म मुलुकका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने पूर्वानुमान गरेको उल्लेख छ।

भारी वर्षाका कारण भू–क्षय, बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने तथा हिमाली भू–भागमा हिमपातसमेत हुनसक्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

मौसम प्रणालीको प्रभाव विशेषगरी पदयात्रा तथा हिमाल आरोहण क्षेत्रमा पर्नसक्ने सम्भावना रहेकाले पर्वतारोही, पदयात्री, पर्यटन व्यवसायी तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विभागले उक्त अवधिमा सम्भव भएसम्म पदयात्रा तथा पर्वतारोहण नगर्नरनगराउन अनुरोध गरेको छ। यात्रा गर्नैपर्ने अवस्था भए मौसमको अवस्था र पूर्वानुमानलाई ध्यानमा राख्दै सुरक्षित तवरले आवश्यक सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.