बिहीबार, आश्विन ८,२०८३ 03:08:27
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 03:08:27
Bizshala
Global IME Bank Limited

देशभर ६४९ जोखिमपूर्ण स्थान पहिचान, ११ हजार ७६३ सशस्त्र प्रहरी परिचालन

Bizshala
देशभर ६४९ जोखिमपूर्ण स्थान पहिचान, ११ हजार ७६३ सशस्त्र प्रहरी परिचालन
New Office

 

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि चार दिनसम्म वर्षा सक्रिय रहने अनुमान सार्वजनिक गरेपछि सुरक्षा निकायले देशभर सम्भावित जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाएका छन्।

वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै सुरक्षा निकायले देशभर ६४९ स्थानलाई जोखिमपूर्ण क्षेत्रका रूपमा पहिचान गरेका छन्। ती क्षेत्रमा खोज, उद्धार तथा तत्काल प्रतिकार्यका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

विशेषगरी धेरै वर्षा हुने आकलन गरिएको गण्डकी र लुम्बिनी प्रदेशमा थप सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रबाट विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त सुरक्षाकर्मीलाई ती दुई प्रदेशमा थप मद्दतका रूपमा पठाइएको प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले बताएका छन्।

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको योजना अनुसार जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

नदी तटीय क्षेत्रमा माइकिङ

सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारका बस्तीमा माइकिङ गरी सर्वसाधारणलाई सचेत गराउने काम भइरहेको छ।

बागमती प्रदेशका रोशी, सुनकोशी, त्रिशूली र इन्द्रावती नदीका तटीय क्षेत्र तथा मधेश प्रदेशका बलान र बिहुल खोलाका आसपासका बस्तीमा पूर्वसूचना दिने काम भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यकाका नदी तटीय क्षेत्रमा पनि सम्भावित जोखिमबारे सर्वसाधारणलाई सचेत गराउन थालिएको छ।

११ हजार ७६३ सशस्त्र प्रहरी परिचालन

सशस्त्र प्रहरी बलले जोखिमपूर्ण क्षेत्रमा ११ हजार ७६३ सुरक्षाकर्मी परिचालन गरेको छ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार विपद् व्यवस्थापनमा तालिम प्राप्त टोलीलाई जिल्ला विपद् व्यवस्थापन समितिको योजनाअनुसार जोखिमयुक्त क्षेत्रमा खटाइएको हो।

सशस्त्र प्रहरीले सम्भावित उद्धारका लागि ८२ वटा र्‍याफ्ट बोट र ५३ वटा मोटर बोट तयारी अवस्थामा राखेको छ।

बोटसँगै तालिम प्राप्त गोताखोर तथा मेडिकल टोलीलाई पनि जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ड्रोनबाट समेत खोज तथा उद्धारको तयारी

जोखिमपूर्ण स्थानमा ड्रोन प्रयोग गरी खोज तथा उद्धार गर्न सक्ने टोलीसमेत परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

मधेश प्रदेशमा मात्रै ७४ स्थान जोखिमयुक्त पहिचान गरिएको छ। कमला, चारनाथ, बलान र बिहुल खोलाका तटीय क्षेत्रलाई बढी जोखिममा राखिएको छ।

काठमाडौं उपत्यकामा ५२ स्थान जोखिमपूर्ण पहिचान गरिएको छ।

नदी तटीय क्षेत्रमा दाउरा सङ्कलन गर्न जाने वा अन्य कामका लागि नदी आसपास पुग्ने व्यक्तिलाई समेत सम्भावित बाढी तथा डुबानको जोखिमबारे सचेत गराउने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

असोज ११ गतेसम्म उच्च सतर्कता

मौसम असोज ११ गतेसम्म सक्रिय रहने आकलन गरिएको छ। सो अवधिसम्म जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन कायम रहने सशस्त्र प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले पनि सम्भावित विपद् प्रतिकार्यका लागि व्यापक तयारी गरिएको जनाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गर्दै जोखिमयुक्त क्षेत्रमा जनशक्ति, उद्धार सामग्री र आवश्यक उपकरण तयारी अवस्थामा राखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.