बिहीबार, आश्विन ८,२०८३ 04:05:50
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 04:05:50
Bizshala
Global IME Bank Limited

हिमालय एयरलाइन्सले काठमाडौं–हाङझाउ सिधा उडान सुरु गर्दै, सातामा दुई उडान

Bizshala
हिमालय एयरलाइन्सले काठमाडौं–हाङझाउ सिधा उडान सुरु गर्दै, सातामा दुई उडान
New Office

 

काठमाण्डौ । हिमालय एयरलाइन्सले काठमाडौं–हाङझाउ–काठमाडौं रुटमा सिधा नियमित व्यावसायिक उडान सुरु गर्ने भएको छ।

एयरलाइन्सले असोज १४ गते अर्थात् सेप्टेम्बर ३०, २०२६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं र चीनको हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित उडान सुरु गर्न लागेको जनाएको छ।

हिमालय एयरलाइन्सका अनुसार उक्त रुटमा सिधा नियमित व्यावसायिक उडान सञ्चालन गर्ने पहिलो एयरलाइन्स बन्नेछ।

कम्पनीले सुरुवाती चरणमा सातामा दुई उडान सञ्चालन गर्नेछ। काठमाडौं–हाङझाउ उडान हरेक बुधबार र आइतबार तथा हाङझाउ–काठमाडौं उडान हरेक सोमबार र बिहीबार सञ्चालन हुने तालिका छ।

सेप्टेम्बर ३० मा हुने पहिलो काठमाडौं–हाङझाउ उडान एच९ २२५ साँझ ५:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरी भोलिपल्ट बिहान १:०५ बजे हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछ।

त्यसैगरी हाङझाउ–काठमाडौं उडान एच९ २२६ अक्टोबर १ मा बिहान २:०५ बजे हाङझाउबाट उडेर बिहान ६:२० बजे काठमाडौं अवतरण गर्ने तालिका छ।

एयरलाइन्सले यात्रुको माग र लोड फ्याक्टरका आधारमा आगामी दिनमा उडान संख्या थप्ने विषयमा पुनरावलोकन गर्ने जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चीनका १० गन्तव्य जोड्ने लक्ष्य

हिमालय एयरलाइन्सले चीनका प्रमुख पर्यटन तथा आर्थिक केन्द्रसँग नेपालको सिधा हवाई सम्पर्क विस्तार गर्ने दीर्घकालीन रणनीतिअन्तर्गत हाङझाउ उडान सुरु गर्न लागेको जनाएको छ।

कम्पनीले चीनका १० प्रमुख पर्यटन तथा आर्थिक केन्द्रमा सिधा उडान विस्तार गर्ने लक्ष्य राखेको छ। यसबाट नेपाल–चीनबीच पर्यटन, व्यापार, अध्ययन तथा सांस्कृतिक आदानप्रदानमा सहयोग पुग्ने एयरलाइन्सको अपेक्षा छ।

नेपालको शरद ऋतुको मुख्य पर्यटकीय सिजन सुरु हुने समयमा नयाँ रुट सञ्चालनमा आउन लागेकाले चिनियाँ पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।

हाङझाउ चीनको झेजियाङ प्रान्तको राजधानी तथा प्रमुख सहर हो। यो चीनका प्राचीन राजधानीमध्ये एक मानिन्छ। वेस्ट लेक, ग्रान्ड क्यानाल र लियाङझु सिटीका पुरातात्त्विक भग्नावशेष गरी त्यहाँ तीनवटा युनेस्को विश्व सम्पदा क्षेत्र छन्।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनका १० प्रमुख पर्यटन तथा आर्थिक केन्द्रमा उडान विस्तार गर्दै नेपालमा १० लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य रहेको बताएका छन्।

उनले काठमाडौं–हाङझाउ रुटले नेपाल र चीनका दुई ऐतिहासिक तथा सांस्कृतिक केन्द्रलाई सिधा जोड्ने बताए।

यात्रुले हिमालय एयरलाइन्सका टिकट काउन्टर, आधिकारिक ट्राभल एजेन्सी, वेबसाइट तथा मोबाइल एपमार्फत टिकट बुक गर्न सक्ने कम्पनीले जनाएको छ।

यस्तो छ हिमालय एयरलाइन्सको फ्लीट

सन् २०१४ मा स्थापना भएको हिमालय एयरलाइन्स नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो।

कम्पनीसँग हाल चारवटा विमान छन्। तीमध्ये तीनवटा एयरबस ए३२०–२१४ र एउटा एयरबस ए३१९–११५ छन्।

एयरलाइन्सले हाल संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश र चीनका विभिन्न गन्तव्यमा यात्रुवाहक उडान सञ्चालन गर्दै आएको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.