आईतवार, आश्विन ११,२०८३ 01:23:12
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 01:23:12
Bizshala
Global IME Bank Limited

एलोई हर्बलको पहिलो आउटलेट काठमाडौंमा, सुरक्षा केसी ब्राण्ड एम्बेस्डर

एलोई हर्बलको पहिलो आउटलेट काठमाडौंमा, सुरक्षा केसी ब्राण्ड एम्बेस्डर
New Office

 

काठमाण्डौ । कोरियन प्रविधि र फर्मुलेसनमा आधारित ब्यूटी तथा वेलनेस प्रडक्ट उत्पादन गर्दै आएको नेपाली ब्राण्ड ‘एलोई हर्बल’ले काठमाडौंमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याएको छ।

स्वदेशी लगानीमा चार वर्षअघि विराटनगरमा उद्योग स्थापना गरेर उत्पादन सुरु गरेको कम्पनीले काठमाडौंको धुम्बाराहीमा नयाँ आउटलेट खोलेको हो।

कम्पनीले नेपाली छालाको प्रकृतिलाई लक्षित गरी कोरियन फर्मुलेसनमा आधारित ब्यूटी तथा वेलनेस प्रडक्ट उत्पादन गर्दै आएको जनाएको छ। बजारमा कोरियन, भारतीय तथा अन्य विदेशी ब्राण्डको बलियो उपस्थिति रहे पनि स्वदेशी उत्पादनका रूपमा प्रतिस्पर्धा गरिरहेको कम्पनीको दाबी छ।

विराटनगरस्थित उद्योगमा हाल करिब ४० जना कर्मचारी कार्यरत छन्। कम्पनीका अनुसार धुम्बाराही आउटलेटबाट आफ्ना उत्पादन बिक्रीसँगै स्किन टेस्ट र कन्सल्टेसनलगायतका सेवा पनि उपलब्ध गराइनेछ।

सुरक्षा केसी ब्राण्ड एम्बेस्डर

एलोई हर्बलले राइडर तथा मोटो भ्लगर सुरक्षा केसीलाई आफ्नो ब्राण्ड एम्बेस्डर बनाएको छ। धुम्बाराहीस्थित पहिलो आउटलेटको उद्घाटनसमेत केसीले गरेकी हुन्।

उद्घाटन कार्यक्रममा एलोई हर्बलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल काफ्लेले कम्पनी करोडौं रुपैयाँको स्वदेशी लगानीमा स्थापना भएको बताए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपालमा ब्यूटी तथा वेलनेस प्रडक्टको बजार विस्तार भइरहेका बेला स्वदेशी उत्पादनमार्फत विदेशी ब्राण्डसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको उनले बताए।

“देशमै केही गरौं भन्ने उद्देश्यले विराटनगरमा उद्योग स्थापना गरेर एलोई हर्बल सञ्चालनमा ल्याएका हौं,” काफ्लेले भने, “विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्दै उपभोक्तालाई गुणस्तरीय स्वदेशी उत्पादन उपलब्ध गराउने हाम्रो लक्ष्य हो।”

विराटनगरमा पनि आउटलेट खोल्ने तयारी

काठमाडौंको आउटलेट सञ्चालनमा आएसँगै कम्पनीले विराटनगरमा समेत अर्को आउटलेट खोल्ने तयारी गरेको जनाएको छ।

काफ्लेले स्वदेशी उद्योग र उत्पादनलाई प्रोत्साहन गर्न सरकारबाट थप सहयोग आवश्यक रहेको उल्लेख गर्दै ब्यूटी तथा वेलनेस उद्योगका समस्या र मागलाई नीतिगत तहबाट सम्बोधन गर्नुपर्ने बताए।

कम्पनीले आगामी दिनमा आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै स्वदेशी ब्यूटी प्रडक्टको बजार हिस्सा बढाउने योजना बनाएको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.