मंगलवार, आश्विन १३,२०८३ 08:05:26
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:05:26
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्डमा आवेदन दिने आज अन्तिम दिन

Bizshala
एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्डमा आवेदन दिने आज अन्तिम दिन
New Office

काठमाडौं । एनआईसी एशिया क्यापिटलले निष्कासन गरेको ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड’खरिदका लागि आज आवेदन दिने अन्तिम दिन रहेको छ। क्यापिटलका अनुसार  ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड’खरिद गर्न इच्छुकले आज साँझसम्म आवेदन दिन सक्नेछन्।  

आवेदन दिने अवधि भने थपिने छैन। आज बैंकिङ समय सकिएपछि आवेदन बन्द हुने क्यापिटलले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्म ८० करोड रुपैयाँभन्दा बढीको इकाइ खरिदका लागि आवेदन प्राप्त भएको छ।  

क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाइ निष्कासन गरेको छ। यसअनुसार फन्डको प्रारम्भिक आकार ८० करोड रुपैयाँ हो। कुल इकाइमध्ये न्यूनतम १ करोड २० लाख इकाइ, अर्थात् १५ प्रतिशत, कोष प्रवर्द्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित राखिएको छ। बाँकी ६ करोड ८० लाख इकाइमा सर्वसाधारण तथा संस्थाहरूले आवेदन दिन सक्नेछन्।

माग प्रारम्भिक निष्कासन रकमभन्दा बढी पुगे पनि स्वीकृत विवरणपत्रमा फन्डको आकार ८० करोडबाट बढाएर अधिकतम १ अर्ब रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था छ। 

यो १० वर्ष अवधि भएको बन्दमुखी म्युचुअल फन्ड हो। क्यापिटलका अनुसार संकलित रकमको अधिकांश हिस्सा दोस्रो बजारमा सूचीकृत कम्पनीका धितोपत्रमा लगानी गरिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्छन्। सीआस्बा सेवा उपलब्ध बैंक तथा वित्तीय संस्थाका शाखा वा ‘मेरो सेयर’मार्फत आवेदन दिन सकिनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.