मंगलवार, आश्विन १३,२०८३ 01:11:16
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 01:11:16
Bizshala
Global IME Bank Limited

भारतको कर नीतिले नेपाली जुट उद्योग धराशायी हुने खतरा, तत्काल पहल गर्न सांसद डाँगीको माग

Bizshala
भारतको कर नीतिले नेपाली जुट उद्योग धराशायी हुने खतरा, तत्काल पहल गर्न सांसद डाँगीको माग
New Office

काठमाण्डौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको बताएकी छन्।

मङ्गलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भारतले नेपाली जुटजन्य उत्पादनमा बढाएको ‘एन्टी डम्पिङ ड्युटी’ र जारी ‘काउन्टरभेलिङ ड्युटी इन्भेस्टिगेसन’ले स्वदेशी जुट उद्योग प्रभावित भएको बताएकी हुन्।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले जुट उद्योगको संरक्षणका लागि तत्काल कूटनीतिक तथा वाणिज्यिक पहल गर्न सरकारसँग माग गरिन्। 

उद्योग प्रभावित हुँदा हजारौँ मजदुरको रोजगारी गुम्ने र किसानले उत्पादन गरेको जुटले बजार नपाउने अवस्था आउन सक्ने उनको भनाइ थियो।

डाँगीले बन्द उद्योग सञ्चालनसँगै हाल सञ्चालनमा रहेका उद्योगलाई टिकाउने दिगो औद्योगिक नीति आवश्यक रहेको बताइन्। 

उनले औद्योगिक व्यवसाय ऐन, २०७६ को मर्मअनुसार जुट उद्योगको पुनरुत्थान प्रक्रिया अघि बढाउन तथा नेपाली जुटजन्य उत्पादनलाई भारतीय बजारमा सहज प्रवेशका लागि आवश्यक वार्ता गर्न सरकारलाई आग्रह गरिन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.