बुधबार, आश्विन १४,२०८३ 11:59:19
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 11:59:19
Bizshala
Global IME Bank Limited

सेयर बजारमा कमजोर नियमन र अत्यधिक आपूर्तिले जोखिम बढायो : अध्यक्ष पाण्डे

Bizshala
सेयर बजारमा कमजोर नियमन र अत्यधिक आपूर्तिले जोखिम बढायो : अध्यक्ष पाण्डे
New Office

काठमाडौँ। नेपालको सेयर बजारमा देखिएको निरन्तर गिरावट र लगानीकर्ताको घट्दो विश्वासप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। बुधबार बसेको संसदीय अर्थ समितिको बैठकमा लगानीकर्ता प्रतिनिधिहरूले दोस्रो बजारलाई व्यवस्थित बनाउन नियमन र नीतिगत सुधार आवश्यक रहेको बताएका हुन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले संस्थापक तथा प्रमोटर लगानीकर्ताबाट हुने ठूलो परिमाणको सेयर बिक्री, सीमित सेयर बजारमा ल्याएर मूल्य प्रभावित गर्ने प्रवृत्ति र हकप्रद सेयरको अत्यधिक आपूर्तिले बजारमा जोखिम बढाएको बताए। उनले लकिङ अवधि सकिएपछि ठूलो मात्रामा संस्थापक सेयर बिक्री हुने अवस्थाको प्रभावकारी नियमन गर्नुपर्नेमा जोड दिए।

पाण्डेले हकप्रद निष्कासनअघि बजार तथा लगानीकर्ताको क्षमता अध्ययन गर्नुपर्ने, कम्पनी समस्यामा पर्दा सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्नुपर्ने र ब्रोकरमार्फत उपलब्ध मार्जिन सुविधालाई व्यावहारिक तथा स्वचालित बनाउनुपर्ने बताए।

बैठकमा ब्रोकर सेवामा भइरहेको ढिलासुस्ती, मार्जिन लेन्डिङको सीमित पहुँच तथा खरिद–बिक्रीमा लाग्ने दोहोरो कमिसनबारे पनि गुनासो उठेको थियो। लगानीकर्ताले कमिसन घटाउन तथा इन्ट्राडे ट्रेडिङ र सर्ट सेलिङजस्ता उपकरणका लागि वातावरण बनाउन माग गरेका छन्।

पाण्डेले १० कित्ता सेयरको नीतिले बजार बिगारेको तर्क अस्वीकार गर्दै यसले साना लगानीकर्ताको पहुँच विस्तार गरेको बताए। उनले अर्थ मन्त्रालयको २१ बुँदे कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा नीति निर्माणमा लगानीकर्ता संघहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आग्रह गरे।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.