काठमाण्डौ । एप्पलका आधिकारिक वितरक जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालि (GENXT) ले नेपालमा iPhone 18 Pro सिरिज औपचारिक रूपमा अक्टोबर १, २०२६ देखि सार्वजनिक गर्ने भएको छ। सिरिजअन्तर्गत iPhone 18 Pro र iPhone 18 Pro Max उपलब्ध हुनेछन्।
GENXT का अनुसार लन्च डेदेखि नै विशेष अफरसमेत उपलब्ध गराइनेछ। अक्टोबर १ देखि १० सम्म iPhone 18 Pro सिरिज खरिद गर्ने ग्राहकले Genxt Lucky Draw मा सहभागी हुन पाउनेछन्।
लक्की ड्रअन्तर्गत रु. २५ लाखको ग्रान्ड प्राइज जित्ने अवसर रहनेछ भने १८ जनाले Apple Watch Series 11 जित्न सक्नेछन्। साथै iPhone 18 Pro सिरिज खरिद गर्ने ग्राहकले SHIELD PRO र 20W Original Adapter समेत प्राप्त गर्नेछन्।
ग्राहकका लागि नबिल क्रेडिट कार्डमार्फत १२ महिनासम्म ० प्रतिशत ब्याजदरमा EMI सुविधा उपलब्ध हुनेछ। क्रेडिट कार्ड नभएका ग्राहकका लागि MAW Cardless EMI सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
यसैगरी, पहिलो २०० जना Ncell Prepaid SIM प्रयोगकर्ता ग्राहकले ३ महिनासम्म Ncell Unlimited Data र Unlimited Voice Pack निःशुल्क पाउनेछन्।
कति छ मूल्य ?
कम्पनीले सार्वजनिक गरेको मूल्यसूचीअनुसार iPhone 18 Pro सिरिजको सुरुआती मूल्य रु. २ लाख ५९ हजार ९०० रहेको छ। सबैभन्दा महँगो भेरियन्ट iPhone 18 Pro Max 2TB को मूल्य रु. ५ लाख ३४ हजार ९०० तोकिएको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।