बुधबार, आश्विन १४,२०८३ 06:38:49
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 06:38:49
Bizshala
Global IME Bank Limited

हिमालयन बुलियनका ग्राहकलाई दुर्घटना बीमा सुविधा, सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग सम्झौता

Bizshala
हिमालयन बुलियनका ग्राहकलाई दुर्घटना बीमा सुविधा, सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग सम्झौता
New Office

काठमाण्डौ ।  हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग दुर्घटना बीमा सम्बन्धी सम्झौता गरेको छ।

गरगहना व्यवसायमा विगत २५ वर्षदेखि सक्रिय हिमालयन बुलियनले ग्राहकको सुरक्षा र लगानीलाई ध्यानमा राख्दै सदस्यतालाई विभिन्न तहमा वर्गीकरण गरी सोहीअनुसार दुर्घटना बीमा सुविधा उपलब्ध गराउने जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार ग्राहकलाई Silver, Gold र Diamond Membership गरी तीन तहमा वर्गीकरण गरिएको छ। सम्झौताअनुसार आगामी बडादशैंको घटस्थापनादेखि यी सदस्यता तहअनुसार दुर्घटना बीमा सुविधा लागू हुनेछ।

Silver Membership अन्तर्गतका ग्राहकले १ लाख रुपैयाँसम्म, Gold Membership अन्तर्गतका ग्राहकले ५ लाख रुपैयाँसम्म र Diamond Membership अन्तर्गतका ग्राहकले १० लाख रुपैयाँसम्म दुर्घटना बीमा सुविधा पाउने कम्पनीले जनाएको छ।

हिमालयन बुलियनका अनुसार ग्राहकको सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग यो सम्झौता गरिएको हो। कम्पनीले गरगहना खरिदसँगै ग्राहकलाई अतिरिक्त सुरक्षा सुविधा उपलब्ध गराउने प्रयासस्वरूप बीमा सुविधा सुरु गर्न लागेको जनाएको छ।

कम्पनीले आगामी घटस्थापनादेखि लागू हुने यो योजनाले ग्राहकको विश्वास र सुरक्षा दुवैलाई थप मजबुत बनाउने अपेक्षा गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.