काठमाडौं। यमनका हूती विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित अरामकोका तेल प्रतिष्ठानमा आक्रमण गरेको दाबी गरेका छन्।
समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै बीबीसीले उक्त आक्रमणमा हूती विद्रोहीले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेको जनाएको छ।
हूती विद्रोहीले साउदी अरबले यमनको राजधानी सना तथा अन्य क्षेत्रमा गरेको आक्रमणको जवाफस्वरूप आफूहरूले उक्त हमला गरेको दाबी गरेका छन्।
यसअघि समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै एक प्रत्यक्षदर्शीले रियादस्थित अरामकोको तेल प्रतिष्ठाननजिकै धुवाँ र आगो देखिएको बताएका थिए।
तर, साउदी अरबका अधिकारीहरूले हालसम्म अरामकोका तेल प्रतिष्ठानमा भएको भनिएको आक्रमणको पुष्टि गरेका छैनन्। अरामकोले पनि घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।