अमेरिका–इरान वार्तामा अन्योल, कच्चा तेलको मूल्य ९३ डलरमाथि पुग्यो
काठमाडौं। अमेरिका र इरानबीचको वार्तालाई लिएर अनिश्चितता कायमै रहँदा मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ अमेरिकी डलरमाथि पुगेको छ। साउदी अरबको ‘इस्ट–वेस्ट’ पाइपलाइनबाट तेल आपूर्ति पुनः सुरु भए पनि अमेरिका–इरान वार्तासम्बन्धी अन्योलले बजारमा बढी प्रभाव पारेपछि तेलको मूल्यले वृद्धि जारी राखेको हो।

