काठमाडौं । मध्यपूर्वमा शान्ति वार्ता पुनः सुरु हुन सक्ने आशाले क्षेत्रीय द्वन्द्वका कारण तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता केही कम भएपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अघिल्लो दिन भएको मूल्यवृद्धिपछि बिहीबार तेलको मूल्यमा गिरावट आएको हो ।
बिहीबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८२ सेन्ट अर्थात् ०.७ प्रतिशतले घटेर ११४.५० अमेरिकी डलरमा झरेको छ । त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) कच्चा तेलको मूल्य १.०४ डलर अर्थात् १ प्रतिशतले घटेर प्रतिब्यारेल १०१.७४ डलर कायम भएको छ ।
यसअघि बुधबार ब्रेन्ट कच्चा तेलको मूल्य १.३ प्रतिशत र डब्लूटीआईको मूल्य ३ प्रतिशतले बढेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।