आईतवार, आश्विन १८,२०८३ 01:34:59
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 01:34:59
Bizshala
Global IME Bank Limited

अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता

Bizshala
अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता
New Office

 

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। वासिङ्टन डीसी पुगेका उनलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्।

अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भेटवार्तामा नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तार, पुनर्निर्माण, नेपाललाई FATF को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने बताइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी, हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र विपद्पछिको उत्थानशील विकासका लागि थप अन्तर्राष्ट्रिय सहायता परिचालन गर्ने विषयमा पनि छलफल हुनेछ।

सडक, विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधारमा लगानी बढाएर रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्ने विषयलाई पनि भ्रमणका क्रममा प्राथमिकता दिइनेछ।

अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा अमेरिकी इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (DFC) का उच्च अधिकारी तथा निजी क्षेत्रका प्रमुख लगानीकर्तासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

सरकारका अनुसार भ्रमणको मुख्य उद्देश्य नेपालका विकास साझेदार तथा निजी क्षेत्रसँग सहकार्य विस्तार गर्दै देशमा लगानी र आर्थिक अवसर बढाउनु हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.