आईतवार, आश्विन १८,२०८३ 02:06:08
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 02:06:08
Bizshala
Global IME Bank Limited

बुटवलमा ARE GP रेसिङ क्वालिफायर्स, ७६ राइडरबीच प्रतिस्पर्धा

Bizshala
बुटवलमा ARE GP रेसिङ क्वालिफायर्स, ७६ राइडरबीच प्रतिस्पर्धा
New Office

काठमाण्डौ । जगदम्बा मोटर्स प्रालिले बुटवलमा अपाचे रेस एक्सपेरियन्स (ARE) GP रेसिङ क्वालिफायर्स सम्पन्न गरेको छ। तिलोत्तमा–५ स्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टरमा आयोजित प्रतियोगितामा बुटवल क्षेत्रका ७६ जना राइडरले सहभागिता जनाएका थिए।

टीभीएसको बुटवलस्थित आधिकारिक डिलर बालाजी अटोमोबाइल्सको सहकार्यमा आयोजित कार्यक्रममा उदीयमान राइडर, मोटरस्पोर्ट्सप्रेमी तथा एमेच्योर रेसरलाई प्रशिक्षणसहित प्रतिस्पर्धाको अवसर दिइएको थियो। सहभागीको संख्या अत्यधिक भएपछि ७६ जनामै दर्ता प्रक्रिया रोकिएको आयोजकले जनाएको छ।

कार्यक्रममा नेपालका अनुभवी रेसर सुजन थापा मगर र नवाङ मोक्तानले सहभागीलाई प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ तथा भिजन कन्ट्रोललगायतका विषय समेटिएका थिए। त्यसपछि सहभागीले प्रशिक्षकको निर्देशनमा ट्र्याकमा अभ्यास गरेका थिए।

१६० सीसी वर्गमा भएको मुख्य प्रतिस्पर्धाबाट तीन राइडर ग्रान्ड फिनालेका लागि छनोट भएका छन्। धीरज बि.क. ३४.०७ सेकेन्डको समयसहित विजेता बने। अभिषेक पन्थी ३४.६२ सेकेन्डसहित प्रथम उपविजेता र अरिक श्रेष्ठ ३४.८७ सेकेन्डसहित द्वितीय उपविजेता बने।

यी तीनै राइडरले अब ARE GP ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन्। ग्रान्ड फिनालेमा काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका क्षेत्रीय क्वालिफायर्सबाट छनोट भएका उत्कृष्ट राइडरसँग उनीहरूको प्रतिस्पर्धा हुनेछ।

आयोजकका अनुसार ग्रान्ड फिनालेको १६० सीसी र २०० सीसी वर्गका विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। त्यहाँ उनीहरूले ५० भन्दा बढी देशका राइडरसँग प्रतिस्पर्धा गर्नेछन्। यात्रा तथा आवास खर्च जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनी, भारतले व्यहोर्ने बताइएको छ।

बालाजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक विशाल जैसवालले बुटवलमा मोटरस्पोर्ट्सप्रति देखिएको उत्साहले नयाँ प्रतिभाको सम्भावना देखाएको बताए। उनका अनुसार सहभागीमध्ये धेरै पहिलोपटक ट्र्याकमा उत्रिएका थिए।

ARE GP लाई जगदम्बा मोटर्सले नेपालमा मोटरस्पोर्ट्स संस्कृतिको विकास गर्ने अभियानका रूपमा अघि बढाइरहेको जनाएको छ। कार्यक्रमअन्तर्गत अपाचे ट्र्याक एक्सपेरियन्स, पाँच क्षेत्रका रेसिङ क्वालिफायर्स र राष्ट्रिय स्तरको ARE GP ग्रान्ड फिनाले आयोजना गरिँदै आएको छ।

कम्पनीका अनुसार यस अभियानको उद्देश्य नेपाली राइडरलाई सुरक्षित तथा व्यावसायिक रेसिङको प्रशिक्षण दिँदै राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पुग्ने अवसर सिर्जना गर्नु हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.