काठमाण्डौ । लक्ष्मी सनराइज बैंक(साविक सनराइज बैंक) लिमिटेडको ऋणपत्रको साँवा ब्याज भुक्तानी गरिएको छ । बैंकको ‘१० प्रतिशत सनराइज डिबेन्चर २०८०’नामक ऋणपत्रको साँवा र तिर्न बाँकी ब्याज डिबेञ्चरधनीहरुको बैंक खातामा जम्मा गरिएको हो ।
उक्त ऋणपत्रको साँवा र तिर्न बाँकी ब्याज रकम जेठ १ गतेदेखि डिबेञ्चरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा आईपीएसमार्फत जम्मा गरिएको बैंकले जनाएको छ ।
हालसम्म बैंक खाता तथा प्यान नम्बर अद्यावधिक नगराएका लगानीकर्तालाई अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ ।