काठमाण्डौ । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ ।
जहदा गाउँपालिका–१ नयाँ बस्ती नजिकै रहेको धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर लुकाइछिपाइ राखिएको अवस्थामा सोमबार राति गाँजा फेला परेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी, मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।
प्रहरीका अनुसार धानबारीमा बेवारिसे अवस्थामा फेला परेको गाँजाको तौल २१० किलो रहेको छ ।
गाँजा कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको हो भन्नेबारे खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।