मंगलवार, आश्विन २०,२०८३ 03:35:04
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 03:35:04
Bizshala
Global IME Bank Limited

२० मेगावाट सौर्य ऊर्जा परियोजनामा माछापुच्छ्रे बैंकको एकल लगानी, कुल लागतको ८० प्रतिशत वित्तीय व्यवस्थापन

Bizshala
२० मेगावाट सौर्य ऊर्जा परियोजनामा माछापुच्छ्रे बैंकको एकल लगानी, कुल लागतको ८० प्रतिशत वित्तीय व्यवस्थापन
New Office

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले सुनसरीमा निर्माण हुने २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ।

कोशी प्रदेशको सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित उक्त परियोजनामा माछापुच्छ्रे बैंकले एकल रूपमा लगानी गर्ने भएको हो।

बैंकका अनुसार परियोजनाको कुल लागतको ८० प्रतिशतसम्म रकम माछापुच्छ्रे बैंकले वित्तीय लगानी गर्नेछ। परियोजनाको निर्माण अवधि डेढ वर्ष रहने जनाइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

२० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाले नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जाको उत्पादन क्षमता विस्तार गर्नुका साथै ऊर्जा क्षेत्रमा दिगो पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

माछापुच्छ्रे बैंकले पछिल्लो समय वातावरणमैत्री तथा दिगो विकासमा योगदान पुर्‍याउने ऊर्जा पूर्वाधार परियोजनामा वित्तीय पहुँच विस्तार गर्दै आएको जनाएको छ।

सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुनुलाई बैंकले नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने आफ्नो प्रतिबद्धताको निरन्तरताका रूपमा लिएको छ।

बैंकले आगामी दिनमा पनि नेपालको ऊर्जा आवश्यकता परिपूर्ति, स्वच्छ ऊर्जा प्रवर्द्धन तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने परियोजनालाई प्राथमिकताका साथ वित्तीय सहयोग प्रदान गर्दै जाने जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.