बिहीबार, मंसिर ३,२०८३ 03:57:25
  • बिहीबार, मंसिर ३,२०८३ 03:57:25
Global IME Bank Limited

काठमाण्डौमा चौबीसै घण्टा कारोबारको तयारी, सुरक्षा र सेवा विस्तारको खाका बन्दै

Bizshala
काठमाण्डौमा चौबीसै घण्टा कारोबारको तयारी, सुरक्षा र सेवा विस्तारको खाका बन्दै
New Office

 

काठमाण्डौ । रात्रिकालीन आर्थिक गतिविधि विस्तार गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले बजार तथा व्यावसायिक क्षेत्र चौबीसै घण्टा सञ्चालन गर्ने तयारी थालेको छ। सुरक्षा, यातायात र आवश्यक पूर्वाधारको व्यवस्था मिलाएर रातको समयमा पनि व्यापार–व्यवसाय चलायमान बनाउने योजना अघि सारिएको हो।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार यसका लागि अवधारणापत्र तयार गर्ने काम भइरहेको छ। रात्रिकालीन व्यवसाय, उद्योग, कलकारखाना तथा पर्यटकीय र सांस्कृतिक गतिविधि सञ्चालनलाई व्यवस्थित बनाउन ‘काठमाण्डौ सुरक्षा रणनीति–२०८३’ समेत निर्माण भइरहेको उनले जानकारी दिए।

प्रशासनले क्षेत्रको प्रकृतिअनुसार चरणबद्ध रूपमा चौबीसै घण्टा सञ्चालनको व्यवस्था मिलाउने तयारी गरेको छ। व्यापारिक, औद्योगिक, धार्मिक, ऐतिहासिक र आवासीय क्षेत्रका आवश्यकता फरक हुने भएकाले कुन ठाउँमा कस्तो गतिविधि सञ्चालन गर्न दिने भन्ने विषयमा अध्ययन भइरहेको पौडेलले बताए। त्यसका लागि आवासीय तथा संवेदनशील क्षेत्रको पहिचान र वर्गीकरण अघि बढाइएको छ।

रातको सुरक्षा बलियो बनाउन प्रहरी परिचालन बढाउने, सडकबत्ती थप्ने र सीसीटीभी निगरानी विस्तार गर्ने योजना छ। अपराधको जोखिम बढी भएका स्थान पहिचान गरी त्यस्ता क्षेत्रमा विशेष निगरानी राख्ने तयारीसमेत प्रशासनले गरेको छ।

CG Motors
Garima Development Bank
IME remit

सडक उज्यालो बनाउने काममा घरधनीलाई पनि जिम्मेवार बनाउने प्रस्ताव अघि सारिएको छ। मुख्य व्यापारिक केन्द्र तथा मूल सडकसँग जोडिएका घरमा कम्तीमा चारवटा बत्ती राख्न लगाउने प्रशासनको योजना छ। त्यसमध्ये दुईवटा बत्ती घर उज्यालो बनाउन र दुईवटा सडकतर्फ फर्काएर बाल्ने व्यवस्था प्रस्ताव गरिएको हो। सीसीटीभी विस्तारमा स्थानीय तहको भूमिका बढाउने विषय पनि खाकामा समेटिनेछ।

सहर रातभर सञ्चालन हुँदा प्रशासनिक सेवा पनि सोहीअनुसार उपलब्ध हुनुपर्ने विषय अवधारणापत्रमा राखिएको पौडेलले बताए। राति घटना हुँदा उजुरीका लागि भोलिपल्ट कार्यालय खुल्ने समयसम्म पर्खनुपर्ने अवस्था हुन नहुने उनको भनाइ छ।

योजना कार्यान्वयनका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको छ। काठमाण्डौ महानगरपालिका, जिल्लाका अन्य नगरपालिका, सम्बन्धित सरकारी निकाय, यातायात व्यवसायी र निजी क्षेत्रलाई समेत सहभागी गराएर सुरक्षा तथा सेवा व्यवस्थापनको तयारी अघि बढाउने प्रशासनको योजना छ।

यसअघि ठमेल र दरबारमार्गलाई चौबीसै घण्टा खुला गर्ने निर्णय भइसकेको छ। जिल्ला प्रहरी परिसर काठमाण्डौका एसएसपी दिलिप घिमिरेका अनुसार अहिले ती क्षेत्रका केही पब तथा डिस्को चौबीसै घण्टा सञ्चालनमा छन्।

ठमेलबाट आउने गुनासा सम्बोधन गर्न सहायक प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी परिसरका एसपीको नेतृत्वमा विशेष अनुगमन टोली गठन गरिएको पौडेलले जानकारी दिए। टोलीले स्थलगत अनुगमन गरी देखिएका समस्या समाधानमा काम गर्नेछ।

प्रशासनले आवश्यक तयारी पूरा भएपछि मात्रै थप क्षेत्रलाई चौबीसै घण्टा खुला गर्ने निर्णय हुने स्पष्ट पारेको छ। मंसिर १ गते जारी आधिकारिक सूचनामा ठमेल र दरबारमार्गबाहेकका व्यवसायलाई अर्को सूचना नआएसम्म साविककै निर्धारित समयभित्र सञ्चालन गर्न आग्रह गरिएको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.