बिहीबार, मंसिर ३,२०८३ 03:46:01
  • बिहीबार, मंसिर ३,२०८३ 03:46:01
Global IME Bank Limited

मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पनि पक्राउ पुर्जी

Bizshala
मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पनि पक्राउ पुर्जी
New Office

 

काठमाण्डौ । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणको अनुसन्धान पूर्वमुख्यसचिव एकनारायण अर्यालसम्म पुगेको छ। 

प्रकरणसँग सम्बन्धित कागजातको अनुसन्धान अघि बढेपछि अर्यालको समेत संलग्नता देखिएको प्रहरी स्रोतको दाबी छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यसै प्रकरणमा बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन्। मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ पनि पक्राउ परेका छन्।

CG Motors
Garima Development Bank
IME remit

प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत श्रमिकबाट गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको आरोप छ। अनुसन्धानमा रहेको रकममा ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ समावेश छन्। यसको कुल नेपाली मूल्य १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ रहेको प्रहरीले उल्लेख गरेको छ।

सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्रबाहिर गई विदेशी मुद्रा अपचलन गराउने निर्णयमा भूमिका खेलेको आरोप पक्राउ परेकाहरूमाथि छ। श्रमिकसँग संगठित रूपमा रकम असुली भइरहेको अवस्थामा रोकथामका लागि कानुनी प्रक्रिया अघि नबढाएको र संकलित रकम विदेश पठाउने निर्णयमा सहयोग गरेको विषयमा पनि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

यसअघि यही प्रकरणमा कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारी पक्राउ परेका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको हो। पक्राउ परेकाहरूमाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.