बिहीबार, मंसिर ३,२०८३ 03:33:44
  • बिहीबार, मंसिर ३,२०८३ 03:33:44
Global IME Bank Limited

बाजुरामा स्याउ उत्पादन बढ्यो, तर ५६ प्रतिशत मात्रै बिक्री

Bizshala
बाजुरामा स्याउ उत्पादन बढ्यो, तर ५६ प्रतिशत मात्रै बिक्री
New Office

 

काठमाण्डौ । बाजुरामा स्याउखेती विस्तारसँगै उत्पादन बढे पनि सडक, ढुवानी र भण्डारणको समस्याले किसानले अपेक्षित बजार पाउन सकेका छैनन्। जिल्लामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन भएकामा कुल उत्पादनको ५६ प्रतिशत मात्रै बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका सूचना अधिकारी प्रेमराज न्यौपानेका अनुसार जिल्लाभित्र र बाहिर गरी यस वर्ष १ करोड ७१ लाख ३७ हजार रुपैयाँको स्याउ बिक्री भएको छ। गत वर्ष यस्तो बिक्री रकम १ करोड ५० लाख रुपैयाँ थियो। यी तथ्याङ्कका आधारमा स्याउको बिक्री रकम गत वर्षभन्दा २१ लाख ३७ हजार रुपैयाँ अर्थात् करिब १४.२५ प्रतिशत बढेको देखिन्छ।

पालिकागत रूपमा सबैभन्दा धेरै स्वामीकार्तिक खापर गाउँपालिकामा १२५ मेट्रिकटन स्याउ उत्पादन भएको छ। जगन्नाथ गाउँपालिकामा ९७, बुढीनन्दा नगरपालिकामा ७८ र हिमाली गाउँपालिकामा ३७ मेट्रिकटन उत्पादन भएको न्यौपानेले जानकारी दिए।

CG Motors
Garima Development Bank
IME remit

जिल्लामा हाल ४२५ हेक्टर क्षेत्रफलमा स्याउखेती भए पनि २१० हेक्टरबाट मात्रै उत्पादन भइरहेको छ। मुख्य उत्पादन हुने चार पालिकाबाहेक खप्तड छेडेदह र गौमुललगायतका क्षेत्रमा पनि खेती विस्तार हुँदै गएको केन्द्रले जनाएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टका अनुसार उत्पादन बढे पनि स्याउ बजारसम्म पुर्‍याउने समस्या कायमै छ। वर्षायाममा अवरुद्ध सडक स्याउ पाक्ने समयसम्म सञ्चालन नहुँदा ढुवानी प्रभावित भएको उनले बताए। दसैँमा सडक खुलेपछि मात्रै स्थानीय बजार, सदरमुकाम मार्तडी तथा धनगढी र नेपालगञ्जसम्म स्याउ पुर्‍याइएको थियो।

यस वर्ष ढुवानी अनुदानका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट बजेट नआउँदा किसानले आफैँ खर्च बेहोरेर स्याउ बजारसम्म लैजानुपरेको विष्टले जानकारी दिए। लामो दूरी र महँगो ढुवानीले बिक्रीबाट प्राप्त हुने आम्दानीमा समेत दबाब परेको किसानको भनाइ छ।

बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनका किसान उज्जल रावतले स्याउ टिप्ने समयमा सडक अवरुद्ध हुँदा बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता रहेको बताए। समयमै ढुवानी गर्न नसक्दा बारीमै स्याउ खेर जाने गरेको उनको अनुभव छ। किसानका अनुसार चिस्यान केन्द्रको अभावले स्याउ भण्डारण गरेर अर्को समयमा बिक्री गर्ने विकल्प पनि सीमित छ।

बजार पहुँचमा समस्या रहे पनि जिल्लामा व्यावसायिक स्याउखेतीप्रति आकर्षण बढिरहेको छ। स्थानीय जातसँगै फुजी, गाला, गोल्डेन र रोयल डेलिसियसलगायत उन्नत जातको खेती विस्तार भइरहेको केन्द्रले जनाएको छ। खेती विस्तार र बगैँचा सुधारका लागि विभिन्न कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बिरुवा वितरण, प्राविधिक परामर्श र खेती व्यवस्थापनमा सहयोगले किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गरेको बताए। सडक स्तरोन्नति, नियमित ढुवानी, शीतभण्डार र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन सके स्याउखेतीबाट जिल्लाको अर्थतन्त्रमा थप योगदान पुग्ने उनको भनाइ छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.