काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड र नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ)बीच स्वास्थ्य सेवा प्रवाहमा सहकार्य गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार एनवाईईएफका कर्मचारी तथा सदस्यले नर्भिकमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत पाउनेछन्।
अस्पतालले एम्बुलेन्स, आइपिडी, ओपिडी, आकस्मिक तथा आपतकालीन सेवा, ट्रमा लगायतका सेवामा छुट उपलब्ध गराउने जनाएको छ।
त्यसैगरी, एनवाईईएफका सदस्य तथा कर्मचारीका परिवारअन्तर्गत बुबा, आमा, पति–पत्नी र दुई जना बालबालिकाले समेत सहुलियत पाउनेछन्।
सम्झौताअनुसार अस्पतालको बेड चार्ज, प्याथोलोजी, रेडियोलोजी सेवा तथा कस्टुमाइज हेल्थ प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुनेछ। फार्मेसी सेवामा भने ५ प्रतिशत छुट दिइनेछ।
यी सुविधा लिन एनवाईईएफका कर्मचारी तथा सदस्यले संस्थाको आधिकारिक परिचयपत्र प्रस्तुत गर्नुपर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।